२० माघ २०८२, मंगलबार | February 3, 2026

भारतको ३१.६९ करोड आर्थिक सहयोगमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय निर्माण सुरु



काठमाडौं । भारतको ३१.६९ करोड रुपैयाँ आर्थिक सहयोगमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको भवन निर्माण कार्य सुरु गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले मंगलबार संयुक्त रुपमा पुस्तकालय निर्माण स्थलको भूमिपुजा गरेका हुन् ।

भूमिपुजा कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका वरिष्ठ अधिकारी, दूतावासका प्रतिनिधि, केन्द्रीय परियोजना कार्यान्वयन इकाई लगायत अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।

सो अवसरमा उक्त परियोजनाको कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र भारतीय राजदूतावासबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी पुनर्निर्माण मापदण्ड अनुरुप ३१।६९ करोडको लागतमा पुस्तकालयको निर्माण हुने काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

‘यसरी निर्माण हुने नयाँ तीन तल्ले भवनमा आधुनिक सुविधा लगायत अतिरिक्त सुविधा सहितको विभिन्न प्राज्ञिक शाखाहरु हुनेछन् । भूकम्प प्रतिरोधी पुनर्निर्माणको क्षेत्रमा काम गर्ने भारतको प्रमुख संस्था केन्द्रिय भवन अनुसन्धान संस्थान (सीबीआरआइ) ले पुस्तकालयको निर्माणका लागि प्राविधिक सहयोग प्रदान गर्नेछ,’ दूतावासद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले नेपाललाई २५ करोड अमेरिकी डलर अनुदान प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो । सो रकममध्ये ५ करोड अमेरिकी डलर शिक्षाको क्षेत्रमा खर्च हुनेछ ।

भारतीय सहयोगमा हाल नेपालका आठ जिल्लामा ७१ वटा शैक्षिक संस्थाको निर्माण भइरहेको छ । यीमध्ये १४ वटाको निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको छ भने बाँकीको निर्माण कार्य अघि बढिरहेको छ ।

हालको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवन सन् १९६७ मा भारत सरकारको सहयोगमा निर्माण भएको थियो । त्रिभुवन विश्वविद्यालयस्थित गान्धी भवनको निर्माण पनि भारत सरकारको सहयोगमा सन् १९७३ मा भएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  २ : ५५ बजे

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई प्रभावकारी बनाउन

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज

देश जोगाउने दायित्व एमालेको काँधमा आएको छ : गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २

सुदुरपश्चिमका १६ वटै क्षेत्रमा सशस्त्रको ‘निर्वाचन सुरक्षा बेस’ स्थापना हुँदै

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र

श्रमिक ठगी गर्न बनेका कार्यविधि खारेज गरिने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रमिक