१६ माघ २०८२, शुक्रबार | January 31, 2026

होलीसँगै भक्तपुरमा स्टन्ट शोको रौनक



भक्तपुर । मोटरसाइकल उडाउने साहसिक खेलसहितको होलीमा बिहीबार भक्तपुरेवासी रमाएका छन् । सल्लाघारीमा आयोजित ‘होली फ्री स्टाइल स्टन्ट एण्ड डिजे शो इभेन्ट्स’मा सयौं दर्शकले निःशुल्क रुपमा मनोरन्जन लिएका छन् ।

हिडन एक्सन स्टन्ट एकेडमीको आयोजनामा एकेडमीकै हल सल्लाघारी भक्तपुरमा कार्यक्रम भएको हो । दर्शहरुले प्रोफेसनल स्टन्ट शो, स्लो रेस, टग अफ वार, टायर लिफ्टिंग, डिजे कुन्सागसँंग डिजे पार्टीलगायतको भरपुर मनोरन्जन लिएका थिए ।

नेपाल इको प्यानललगायतको सहयोगमा कार्यक्रम भएको हो । कार्यक्रममा सहभागी नेपाल इको प्यानका प्रमुख कार्यकारी निर्देशक इन्जिनियर कृष्णभक्त दुवालले कार्यक्रम निकै सफल भएको बताए । ‘होलीसंँगै प्रोफेसनल स्टन्ट शो हेर्न पाउँंदा दर्शकहरू अत्यन्त रमाए,’ इन्जिनियर दुवालले भने ।

 

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार  ५ : १३ बजे

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी