१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

पोखराको लेकसाइडमा फेवा नव वर्ष महोत्सव हुने



पोखरा । होटल संघ पोखरा नेपालले १७औँ फेवा नव वर्ष महोत्सव गर्ने भएको छ । ३० चैतदेखि १ वैशाखसम्म महोत्सव गर्न लागिएको हो ।

महोत्सवको तयारी सुरु भएको होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । कोभिड १९ संक्रमणका कारण दुई वर्षसम्म महोत्सव हुन पाएन । यसपटक कोरोना केही कम भएकोले महोत्सवलाई निरन्तरता दिन लागिएको उनले सुनाए ।

महोत्सवलाई सञ्चालन गर्न अध्यक्ष सुवेदीको संयोजकत्वमा विभिन्न उपसमितिहरू गठन गरिएका छन् । कोभिड १९ का कारण थला परेको पर्यटनलाई पुनः जागृत गर्न महोत्सवले सहयोग पुग्ने उनको भनाइ छ ।

‘अहिले लेकसाइडमा पर्यटक खासै छैनन् । विदेशी पर्यटक त छैनन् भन्दा पनि हुन्छ,’ उनले भने, ‘केही नेपाली पर्यटकका कारण हामी धानिएका छौं । अब विस्तारै इभेण्टमा फोकस गर्नुपर्छ ।’

पछिल्ला दिनहरूमा पोखरामा आन्तरिक पर्यटक निकै बढेका छन् । भारतीय पर्यटकसमेत पोखरा घुम्न थालेका छन् । आर्थिक गतिविधि चलायमान बनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न महोत्सवले सघाउने होटल संघका पूर्व अध्यक्ष भरतराज पराजुली बताउँछन् । रेष्टुरेण्ट एण्ड बार एसोसियसन पोखराले हरेक अंग्रेजी वर्षमा नयाँ वर्ष महोत्सव तथा सडक महोत्सव आयोजना गर्दै आएको छ । अंग्रेजी नयाँ वर्ष जस्तै नेपाली नयाँ वर्षलाई स्वागत गर्न हानले कार्यक्रम गर्न थालेको हो ।

होटल संघले गत ८(११ फागुन सम्म ‘जाउँ है पोखरा’ अभियान पूरा गरेको छ । पूर्वी नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा अन्तरक्रिया र भेटघाट गरेर पर्यटक डाकिएको हो । सोही क्रममा महोत्सव घुम्नका लागि समेत निम्ता दिइएको सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  १२ : २५ बजे

नयाँ सामग्री खरिद नगर्न सरकारको निर्देशन

काठमाडौं । सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यकबाहेक अन्य

दश महिनामा ६० प्रतिशत बजेट खर्च, विकास खर्च २८ प्रतिशत मात्र

काठमाडौं । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च

बागमती प्रदेशसभा बैठक आज मध्यरातदेखि अन्त्य

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मध्यरातदेखि प्रदेशसभाको

कोरला सडकमा पाँच वटा पुल निर्माणका लागि स्रोत सहमति

मुस्ताङ । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)सडक आयोजनाअन्तर्गत पाँच वटा

मकैबारीमा मृत गैँडा भेटियो

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१ लोकहा स्याउलीमा