४ पुस २०८२, शुक्रबार | December 19, 2025

विश्व मुख स्वास्थ्य दिवस : नेपालमा ९४ प्रतिशतभन्दा बढीमा दात र मुखको रोग



बुटवल । विश्व मुख स्वास्थ्य दिवसको अवसरमा बुटवलमा जनचेतनामूलक रयालि तथा मुख स्वास्थ्य परिक्षण गरिएको छ। लुम्बिनी प्रदेश स्वस्थ्य निर्देशनालयको सहयोग तथा आधुनिक समाज डेन्टलको आयोजनामा आईतबार बुटवलमा रयालि तथा मुख स्वास्थ्य सचेतना कार्यक्रम गरिएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले यस क्षेत्रका स्वास्थ्यकर्मीहरु सचेत छन भन्ने बुझाउन पहिचान दिलाउन कार्यक्रम गरिनु नै महत्त्वपूर्ण भएको बताए।

मुख स्वास्थ्य विषय सुन्दा सामान्य लागेपनि गम्भीर भएको भन्दै यसबारे सचेतना जगाउने उद्येश्यका साथ कार्यक्रम गरिएको डेन्टलका अध्यक्ष अमृत भुषालले बताए। नेपालमा ९४ प्रतिशतभन्दा बढीमा दात र मुखको रोग देखिने गरेको भन्दै रोग लागिसकेपछि उपचार भन्दा पनि रोकथामलाई प्राथमिकता दिने अभियान रहेको उनले बताए।

बुटवल उपमहानगर, तिलोत्तमा नगरपालिका, मायादेवि गाउपालिका विशेषज्ञ टिमसहित करीब २० हजार बच्चाहरुको निशुल्क परिक्षण तथा मुख स्वास्थ्य शिक्षा दिईएको भुसालले बताए। उनले मुख स्वस्थ्य रोगलाई न्युनिकरण गराउन बहु विशेषज्ञ सेवा न्यून शुल्कमा दिदै आएको बताए। फोक्सो पछि मुखको क्यान्सर हुने संख्या नेपालजस्तो विकासोन्मुख मुलुकमा सबैभन्दा बढि रहेको उनको भनाई छ ।

कार्यक्रममा एक्सिस कलेजका प्राचार्य माधव पौडेलले हरेक दिनजसो दिवस पर्ने भन्दै मुखको स्वास्थ्य हुन सकेमात्र शरिरको अन्य अंग स्वस्थ हुने बताए। समाजसंग जोडिने अभियानका रुपमा यी कार्यक्रम भएको उनले दाबी छ ।

मिलनचोकबाट शुरु भएको प्रभातफेरि महेन्द्रपार्क, अमरपथ, हाटबजार हुदै जेसिज चोकमा पुगेर समापन भएको थियो। कार्यक्रममा डा काजल श्रेष्ठले दात र मुख सुरक्षाबारे जानकारी दिदै ६/६ महिनामा दात परिक्षण, साझविहान दुई पटक ब्रश जस्ता सामान्य कुरामा ध्यान दिनसके दात र मुखमा जटिल समस्या नआउने बताईन् ।

स्वस्थ्य निर्देशनालयका रामप्रसाद भट्टराई, कालिगण्डकी डेन्टलका रेशम पाण्डे, हरिबिक्रम कुवर, माधव सापकोटाले मुख स्वस्थ्यको विषयलाई ध्यान दिनुपर्ने बताए।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ११ : ५३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको