८ पुस २०८२, मंगलबार | December 24, 2025

सुपा देउराली मन्दिरको नेतृत्वमा दलीय बाँडफाँट



अर्घाखाँची । अर्घाखाँची जिल्लामा रहेको सुपा देउराली मन्दिरको संचालक समितिमा नेपाली काँग्रेस र नेकपा एमालेले राजनीतिक बाँडफाँट गरेका छन् ।

केही दिन अघि सम्पन्न अधिवेशनमा डेढ डेढ वर्ष नेतृत्व गर्नेगरी बाँडफाँट मात्र गरेका छैनन् कार्य समितिमा समेत दुई दलले पदाधिकारीसहित सदस्य बाँडफाँट गरेका छन् ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका र शितगंगा नगरपालिकाको सिमानामा रहेको मन्दिरमा सन्धिखर्क नगरपालिका वडा नं. ७ र शितगंगा नगरपालिकाको वडा नं. २ का स्थानीयवासीले नेतृत्व लिँदै आएका छन् ।

एमालेका तर्फबाट फर्सबहादुर केसीले मन्दिर संचालक समितिको डेढ वर्ष नेतृत्व गर्ने बताइएको छ भने हाल काँग्रेसको तर्फबाट समिति सदस्य चयन भएका गणेश थापाले बाँकी डेढ वर्ष नेतृत्व गर्नेछन् ।

समितिको नेतृत्व सहित उपाध्यक्ष, सचिव, सहसचिव र ५ सदस्य गरी ९ जनाले नेकपा एमालेबाट प्रतिनिधित्व गर्नेछन् भने कोषाध्यक्ष र ५ सदस्य सहित ६ जना नेपाली काँग्रेसको तर्फबाट समितिमा रहनेछन् ।

पश्चिम नेपालकै गहनाको रुपमा विकास भई उत्कृष्ठ पर्यटकीय गन्तव्यको रुपमा विकास भइसकेको सुपा देउराली मन्दिरमा क्षमता र कार्यकुशलताको आधारमा भन्दा पनि राजनीतिक योग्यताको आधारमा नेतृत्व चयन गरिनुले धार्मिक धरोहरलाई कमजोर बनाउने चिन्ता यस क्षेत्रका धार्मिक व्यक्तिहरुको छ ।

नवनिर्वाचित अध्यक्ष फर्सबहादुर केसी भने आफुहरु विधान अनुसार नै अगाडि बढेको दावी गर्छन् । आधा आधा कार्यकाल नेतृत्व गर्ने र दुई दलले पदाधिकारी तथा सदस्य बाँडेको बारेमा भने केसीले कुनै प्रतिक्रिया दिन चाहेनन् ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ७ : ०८ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना