८ भदौ २०८३, सोमबार | August 24, 2026

विकासको योजनासहित काँग्रेस उम्मेद्वार चुन्न घरदैलोमा



बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा उम्मेद्वारहरु चुनावी प्रचारप्रसारमा व्यस्त छन् । मतदातामाझ आफ्ना योजना राख्ने र मत माग्नका लागि प्रायः उम्मेद्वारहरु घरदैलोमा हिडिरहेका छन् । यसैक्रममा रुपन्देही क्षेत्र नं २ मा पनि काँग्रेस उम्मेद्वार चुन्नप्रसाद शर्मा पौडेल आफूले अगाडि सारेका विकासका योजना सहित घरदैलोमा हिंडेका छन् ।

घरदैलो अभियानको सातौं दिन सोमबार बुटवल उपमहानगरपालिका वडा नं ३ गोलपार्क र तिलोत्तमा नगरपालिका वडा नं ३ मा आयोजित घरदैलोमा सयौं नेता कार्यकर्ताको सहभागीता भएपछि उम्मेदवार सहित काँग्रेस नेता कार्यकर्ता उत्साहित देखिएका छन् । उम्मेद्वार शर्माले घरदैलोका क्रममा बुटवल, तिलोत्तमा र सैनामैनाका मतदाता तथा पार्टीका नेता कार्यकर्ताको सहभागीताले आफुलाई थप उत्साहित बनाएको बताए ।

पहिलो पटक चुनावी मैदानमा आएका उद्योगपति शर्मासंग यस क्षेत्रका मतदाता मात्रै नभएर आम नागरिक उत्साहित छन् भने उद्योगी तथा व्यवसायीलाई आफ्नै उम्मेद्वार पाएकोमा आफू नै उम्मेद्वार भएको जस्तै खुसी देखिएका छन् ।

उम्मेद्वार शर्माले बुटवललाई आर्थिक केन्द्रसहित आईटी हवको रुपमा विकास गर्ने, लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिस्ठानको रुपमा विकास गर्ने र आम्दा अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्ने योजना बुनेका छन् । त्यसैगरी तिलोत्तमा, सैनामैलाई आधुनिक सहरको रुपमा विकास गर्ने, मोतिपुर सहितका ग्रामिण क्षेत्रलाई कृषि पकेट क्षेत्रको रुपमा विकास गर्ने उनको योजना छ । त्यसैगरी आर्थिक तथा औद्योगिक विकास सहित शिक्षा र स्वास्थ्यमा पनि उनले विशेष प्राथमिकतामा राखेका छन् ।

उनले कक्षा १२ सम्म निःशुल्क शिक्षा तथा ७० वर्षमाथिका नागरिकलाई निःशुल्क स्वास्थ्य जाँच, खानेपानी, सिंचाइ र डुबान समस्या समाधानमा जोड, कृषि, उद्योग र रोजगारीमा जोड दिँदै एक घर १ रोजगारी अभियान, पूर्वाधार विकास, पर्यटन र सम्पदा संरक्षण अन्तरगत पुरानो बटौलीलाई ‘हेरिटेज जोन’ घोषणा गर्ने योजना, सामाजिक सुरक्षा र समावेशीतामा प्रतिबद्धता जाहेर गरेका छन् ।

नेपाली काँग्रेस रूपन्देही क्षेत्र नं २ का क्षेत्रीय सभापति तथा निर्वाचन परिचालन मूल समिति संयोजक प्रजापाल गिरीले पनि घरदैलोका क्रममा पार्टीका नेता कार्यकर्ताको उल्लेखनीय सहभागीता र मतदाताले देखाएको सद्भावले उम्मेदवारसहित सिंगो पार्टी पंक्ति उत्साहित भएको बताए ।

सोमबार बुटवल उपमहानगरपालिका वडा नं ३ को गोलपार्क, चिडियाखोला लगायतका ठाउँ र तिलोत्तमा-३ मा भएको घरदैलोमा उम्मेदवार चुन्न शर्मा पौडेल, समानुपातिक उम्मेदवार रीता सेन वलीलगायत पार्टीका नेता कार्यकर्ता टोल-टोल र घरदैलोमा पुगेर मत मागेका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ६ : ०९ बजे

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन, मंगलबार नयाँ नियुक्त मन्त्रीहरुको शपथग्रहण

दाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले मौजुदा मन्त्रिपरिषद्

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौं । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

खजुरा क्यान्सर अस्पताल परिसरबाट रुट निर्धारण गर्न यातायात व्यावसायी राष्ट्रिय महासंघको परिपत्र

नेपालगन्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले महासंघमा अवद्ध तीनवटा

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा पदोन्नति

असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरणसभामा सहभागी हुन परराष्ट्रमन्त्री सर्बिया जाने

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल यही भदौ १४ गते तीन