११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

नेताहरुलाई एमाले अध्यक्ष ओलीको निर्देशन – चुनावमा मतपत्रको रक्षा गर्नु



काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आसन्न स्थानीय तहको निर्वाचन निष्पक्ष हुनेमा आशंका व्यक्त गरेका छन् ।

काठमाडौंमा पार्टीको पोलिट्ब्युरोको प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले निर्वाचन आयोग र सत्तारुढ गठबन्धनबीच मिलेमतोको आशंका गर्दै सचेत र सावधानी अपनाउन आफ्ना नेताहरूलाई निर्देशन दिएका हुन् ।

एमालेसँग कुनै छलफल नै नगरी आयोगले नियम र आचारसंहिता बनाएको भन्दै ओलीले चुनाव निष्पक्ष हुनेमा आशंका व्यक्त गरे ।

मतदानदेखि मतगणना नहुँदासम्म मतपत्रको रक्षा गर्न ओलीले निर्देशन दिएका हुन् । ओलीले निर्वाचन आयोग एमालेविरुद्ध नलागोस् भनी खबरदारी समेत गरेका छन् । आयोगले भित्री रुपमा सत्तारुढ गठबन्धनका दलहरुसँगको परामर्शमा नियमहरू बनाएको आरोप लगाए ।

स्थानीय तहको निर्वाचन आउँदो ३० वैशाखमा हुँदै छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १ : ३९ बजे

बाँकेमा ३३ जना उम्मेदवारले मात्रै खोले बैङ्क खाता, १५ जनाले गरे बेवास्ता

नेपालगन्ज । निर्वाचन खर्च प्रयोजनका लागि बाँकेमा ३३ जना उम्मेदवारले

लुम्बिनी प्रदेशमा मानवअधिकार उल्लंघनमा रुपन्देही पहिलो स्थानमा

नेपालगन्ज । राज्यपक्षबाटै मानवअधिकारको रक्षामा उदासिनता देखाएको सरोकारवालाहरुले बताएका छन्

डिजिटल प्रविधिको दुरुपयोग रोक्न प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना

काठमाडौँ । डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीलाई सामना गर्न नेपाल

स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ मा

पश्चिम नवलपरासीमा रास्वपा त्याग्ने क्रम बढ्दो, सुस्ता गाउँपालिकाका सचिव पन्थले पनि छाडे

रुपन्देही । पश्चिम नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने