८ माघ २०८१, मंगलबार | January 21, 2025

एमालेको पोलिटब्यूरो बैठक शुरु



काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि बैठक शुरु भएको हो ।

बैठकमा पार्टीको वार्षिक कार्ययोजना, समसामयिक राजनीतिक परिस्थिति, सरकारको समीक्षालगायत विषयमा छलफल हुने बताइएको छ ।

भोलीसम्म चल्ने बैठकमा केन्द्रीय सचिवालयले तयार पारेको २०८४ सालसम्मको पार्टी कार्ययोजनाबारे विस्तृत छलफल हुने जनाइएको छ ।

साथै बैठकले कार्ययोजनामा बाँकी रहेका जिल्ला अधिवेशन, पालिका र वडा तहका अधिवेशन, सदस्यता र सङ्गठन विस्तार अभियान समेटिएका छन् ।

एमालेले यसअघि केन्द्रीय कमिटी बैठकबाट २०८१ भरि सङ्गठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय गरिसकेको छ ।

आजको पोलिटब्यूरो बैठकमा प्रदेश अध्यक्षहरु सहभागी छैनन् । यसअघि एमालेमा पोलिटब्यूरोमा प्रदेश अध्यक्षहरु पदेन सदस्यका रुपमा रहेको भएपनि गत २२ साउनमा अपानि जारी गरेर प्रदेश अध्यक्षहरुलाई तह घटाउँदै पदेन केन्द्रीय सदस्यको सूचीमा राखिएको थियो ।

प्रकाशित मिति : १८ भदौ २०८१, मंगलबार  २ : १८ बजे

तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा

ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सिमामा संकटकाल

वासिंगटन डिसी । डोनाल्ड ट्रम्पले सोमबार, जनवरी २० मा क्यापिटल

हेटौँडा उपमहानगरपालिकाद्वारा छ महिनामा १९ करोड राजस्व सङ्कलन

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगपालिकाले आर्थिक वर्ष २०८१/८२ को छ

दुई अर्ब ९५ करोड बराबरको चिया निर्यात

झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को

‘विदेशको ठाउँ काम गरुन्जेलमात्र हुँदोरहेछ’

सर्लाही । लालबन्दी नगरपालिका-१२ डप्कालीका देवराज पौडेल सानै उमेरमा परिवारलाई