६ पुस २०८२, आइतबार | December 21, 2025

रुपन्देहीका नेवाः पत्रकारहरुको नेवाः पत्रकार फोरम गठन



बुटवल । रुपन्देहीका नेवाः पत्रकारहरुले नेवाः भाषा, संस्कृति र सम्पदाको संरक्षण गर्न भन्दै लुज फोरम गठन गरेका छन् । रुपन्देहीमा क्रियाशिल नेवाः पत्रकारहरुको भेलाले नेवा पत्रकार फोरम गठन गरेको हो ।

फोरम गठनका लागि भेला भएका नेवाः पत्रकारहरुले रुपन्दहीमा रहेका नेवाः संघ संस्थाहरुलाई संगठित गर्ने, भाषा संस्कृतिको सम्बद्र्धन गर्ने तथा नेवाः सम्पदाको प्रचार प्रसार गर्ने उद्देश्य पुरा गर्न फोरम आवश्यक पर्ने ठहर गर्दै नेवाः पत्रकार समाज गठन गरेको भेलामा सहभागी अग्रज पत्रकार स्वस्तिक श्रेष्ठले बताए । उनले रुपन्देहीमा दजर्न बढी नेवाः संम्बद्ध संघ संस्थाहरु रहेपनि संगठित आवाज उठ्न नसकेको अवस्थामा संस्थाहरुलाई एउटा सुत्रमा बाँध्ने फोरमको उद्देश्य रहेको बताए ।

भेलाले खबरकुराका प्रबन्ध सम्पादक शरण कर्माचार्यको संयोजकत्वमा फोरम गठन गरेको छ । फोरमको सदस्यहरुमा स्वस्तिक श्रेष्ठ, सुमन श्रेष्ठ, सत्यनारायण मानन्धर, दिनेश श्रेष्ठ, सुजिता श्रेष्ठ र सन्तकुमार श्रेष्ठ रहेका छन् । फोरमले हरेक महिना नेवाः भाषा, संस्कृति र सम्पदा तथा नेवाः समुदायको बाहुल्यता रहेको स्थानहरुको इतिहासका विषयमा अन्तरक्रिया गर्ने श्रेष्ठले जनाए ।

नेवारी परम्परा अनुसार गुठी बिधिबाट सर्व सम्मत नेतृत्व चयन गर्ने बिधि अपनाउने र संस्थालाई गुठीकै बिधिबाट गैर नाफामुलक संस्था बनाउने गरि बिधि बनाइएको उनले बताए ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ३ : ४३ बजे

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)