१ चैत्र २०८२, आइतबार | March 15, 2026

मनोमानी गरिएको ब्याजदर र मुल्य बृद्धि घटाउन उद्योग व्यापार संघको माग, ‘बढेको ब्याजदरको भार थेग्न नसक्दा आत्महत्या गर्न वाध्य’



बुटवल । बैंक तथा वित्तीय संस्थाहरुले मनोमानी ढंगले ब्याज दर अत्यधीक बृद्धि गरेको भन्दै उद्योग व्यापार संघ बुटवलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

ब्याजदर बृद्धिले उद्योग-व्यवसायसंगै अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै तत्काल ब्याजदर र मुल्यबृद्धि घटाउन संघले माग गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले तरलता अभाव देखाएर कर्जा लिंदा गरिएको सम्झौता लत्याएर तथा नेपाल राष्ट्र बैंकले तोकेको सीमा समेत नाघ्ने गरी हचुवाको भरमा मनोमानी ढंगले ब्याजदर बृद्धि गर्दा आर्थिक भारत थेग्न नसकी उद्योगी व्यवसायीहरुले आत्महत्या समेत गर्न वाध्य भएको संघको विज्ञप्तिमा उल्लेख छ ।

संघका अध्यक्ष गोबिन्दराज गैरेले जारी गरेको विज्ञप्तिमा बैंकहरुले एकतर्फीरुपमा ब्याजदर बढाएर पत्र पठाउने र दबाब दिएर असुल्ने प्रवृत्तिले उद्योगमैत्री, लगानीमैत्री र आर्थिक समृद्धिमैत्री वातावरण बन्न नसकेको उल्लेख छ ।

मनोमानीरुपले ब्याज दर बृद्धि गर्ने परिपाटीलाई नियन्त्रण गरी एकरुपता कायम गर्न ब्याज दर बृद्धिको निश्चित सीमा कायम गर्न र मुल्यबृद्धि समेत तत्काल घटाउन माग गर्दै संघले नेपाल राष्ट्र बैंकको समेत ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ७ : ५० बजे

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत

काठमाडौं । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठलाई

गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यका लागि सिफारिस

नेकपाले समानुपातिकतर्फ ९ सांसदको नाम आयोगमा पठायो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित हुने

चार दशमलव ४५ अङ्कले बढ्यो नेप्से

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

राप्रपाले टुंग्यायो समानुपातिकतर्फका ४ सांसदको नाम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फका चार जना