८ बैशाख २०८३, मंगलबार | April 21, 2026

सत्ताले संगीत सुन्न सक्दैन



काठमाडौं । २०७४ सालको चुनावी कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले एउटा वाक्य सबैजसो कार्यक्रममा दोहो¥याए । कुनै पनि कार्यक्रममा सहभागी भएर बढीमा १५ मिनेट भाषण गर्ने देउवाले नछुटाउने वाक्य थियो ‘कम्युनिस्टले जिते भने रुन पनि पाइँदैन ।’ उनको यो भाषण तत्काल चुनावी कार्यक्रम खपतका लागि मात्रै थियो । स्वयं कांग्रेस कार्यकर्ताहरू पनि देउवाको सो वाक्य चुनावी खपतका लागि हो भन्नेमा सहमत थिए ।

वाम गठबन्धन भर्सेस नेपाली कांग्रेसबीच भएको निर्वाचन शन्तिपूर्ण रूपमा सम्पन्न भयो । वाम गठबन्धनका नेताहरूले चुनावअघि प्रक्षेपण गरेजस्तै आयो चुनावी परिणम वाम गठबन्धनले स्पष्ट बहुमत पायो । कांग्रेस प्रमुख प्रतिपक्षमा सीमित भयो । दुई तिहाइ समर्थनसहित प्रधानमन्त्रीमा नियुक्त भए तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओली । ‘समृद्ध नेपाल सुखी नेपाली’ नारा बनाएर ओली सरकार अघि बढ्यो ।

मुलुकमा पहिलोपटक वाम गठबन्धनको सरकार बनेकोमा वाम विचार बोक्ने आमकार्यकर्ता मख्ख थिए । सरकारले पनि देश विकासका महत्वकांक्षी योजना सार्वजनिक गर्दै थियो । जनताका दैनिकीमा कुनै फेरबदल आएको थिएन । अपेक्षासँगै असन्तुष्टि चुलिँदो थियो । बेरोजगार बढ्दै थिए । सरकारले देशमै रोजगार उपलब्ध गराउनेभन्दा पनि पासपोर्ट बेच्ने र रेमिट्यान्सबाट देश चलाउने योजना थाँती राखेकै थियो । महँगी बढ्दो थियो । प्रशासनिक चुस्तता छँदै थिएन । यिनै बेथिति माथि व्यंग्य गर्दै गायक पशुपति शर्माले एउटा गीत गाए ‘लुटन सके लुट कान्छा….’

आमदर्शकले मन पराएको पशुपतिको गीतलाई सरकारले भने ठ्याक्कै आफ्नो विरोधका रूपमा बुझ्यो । सरकारको आशय बुझेका नेकपाका भ्रातृसंस्थाहरूले सामाजिक सञ्जालमार्फत पशुपतिको उछित्तो काढे । धनगढीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले मञ्चमै उभिएर पशुपतिको आलोचना गरे । पशुपतिले थेग्न सकेनन् र युट्युबबाट गीत हटाउन बाध्य भए ।

पशुपतिले गीत गाएको तीन वर्षपछि अर्का गायक प्रकाश सपुतले ‘पीर’ शीर्षकमा फेरि अर्को गीत गाए । देशको मुहार परिवर्तन गर्छु भन्दै ‘जनयुद्ध’मा होमिएका माओवादी कार्यकर्ताले वर्तमानमा भोगेको नियतिमाथि ‘पीर’ गीत र भिडियो केन्द्रित थियो । अहिले सत्तामा रहेको माओवादीले प्रकाशको ‘पीर’ले समग्र माओवादीमाथि नै प्रहार गरेको बुझ्यो । माओवादी कार्यकर्ताले युट्युबबाट गीत हटाउनुपर्ने आवाज व्यापक उठाए ।

भिडियोमा राखिएको वेश्यावृत्तिको एउटा दृश्यले माओवादी आन्दोलनमाथि प्रहार गरेको भन्दै व्यापक आपत्ति जनाएपछि प्रकाशले थेग्न सकेनन् र १ करोड भ्युज भएको भिडियो युट्युबबाट डिलेट गरे । अनि दृश्य सम्पादनसहित नयाँ भिडियो अपलोड गरे ।

कल्पना गर्ने अधिकारबाट सबै जना सुरक्षित हुनुपर्छ भन्ने लोकतन्त्रको न्यूनतम मान्यता रहेको स्मरण गर्दै निर्देशक प्रकाश सायमी भन्छन्, ‘हाम्रा शासक सिर्जनालाई बन्देज गर्नुपर्छ भन्ने मान्यताबाट ग्रस्त छन्,’ सिर्जनालाई बन्देज गर्ने शैली हाम्रा शासकले भारतबाट सिकेको उनको भनाइ छ ।

भारतमा इन्दिरा गान्धी प्रधानमन्त्री भएको बेला रानी गायत्री देवीमाथि बनेको फिल्म ‘आँधी’लाई भारत सरकारले ब्यान्ड गरेको प्रसंग सम्झदै सायमी भन्छन् ‘आँधी’मा इन्दिरा गान्धीको नाक चलाउने बानीलाई थोरै नक्कल गरेको थियो । फिल्म हेरेपछि मेरो चरित्रमाथि व्यंग्य गरेको रहेछ भनेर इन्दिरा गान्धीले फिल्म नै ब्यान्ड गरिदिनुभयो ।’

नेपालमा सत्ताले सिर्जना सहन नसकेको यो नै पहिलो घटना भने होइन सिनेमा बनाएबापत पटकपटक राज्यको खप्की सहेका निर्देशक मनोज पण्डित भन्छन् ‘नेपालमा लोकतन्त्र बहाली भएपछि स्रष्टाहरू झनै कमजोर भएका छन् ।’ दासढुंगा, बधशालाजस्ता चलचित्रका निर्देशक पण्डित आपूmलाई चारपटक राजनीतिक निकायले देखिने गरी दुःख दिएको अनुभव सुनाउँछन् ।

त्यसो त दुई वर्षअघि निर्माता कुमार भट्टराई चलचित्र ‘दासढुंगा–२’ निर्माणको अनुमति लिन स्क्रिप्टसहित चलचित्र विकास बोर्ड पुगेका थिए । तत्कालीन बोर्ड अध्यक्ष स्व. केशव भट्टराईले ‘दासढुंगा–२’लाई निर्माण इजाजत दिएनन् । अहिले कुमार सो प्रोजेक्ट थाँती राखेर बसेका छन् ।

त्यसो त पञ्चायतकालमा फिल्म निर्माण गर्नुअघि दरबारबाट फिल्मको स्क्रिप्ट नै पास गर्नुपर्ने कुरा पत्रकार जीवन पराजुलीद्वारा लिखित किताब ‘क्लोज अप’मा यादव खरेलले उल्लेख गरेका छन् । ‘चलचित्र संस्थान र विकास बोर्डका सारथी’ शीर्षकको पृष्ठ १६ मा खरेलले भनेका छन्, ‘फिल्म बनाउन दरबारबाट स्क्रिप्ट पास भएर आउनुपथ्र्यो । अञ्चलाधीश कार्यालयबाट सेन्सर पास हुनुपथ्र्यो ।’

अहिले सत्तामा बस्नेहरूमा पनि पञ्चायतकालीन मानसिकता हावी भएको निर्देशक सायमीको भनाइ छ । सत्ताको यो प्रवृत्तिप्रति टिप्पणी गर्दै निर्देशक पण्डित भन्छन् ‘फ्रिडम आफ एक्सप्रेसन’को चर्को वकालत गर्ने कम्युनिस्टहरू नै सर्जकप्रति यति निरंकुश भएपछि कम्युनिस्ट सत्तामा आएपछि रुन पाइँदैन भन्ने कथ्यले प्रमाणिकता पाउँदै जान्छ ।’ आजको राजधानी दैनिकमा ध्रुव लम्सालले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ७ : ३२ बजे

एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि… …

अछाम । कुरा यही वैशाख ३ गतेको हो । यहाँको

२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन

बुटवलमा अवैध गर्भपतनको बिगबिगी, असुरक्षित गर्भपतन गराउँदा १ महिलाको मृत्यु ३ जना पक्राउ

बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराउने ३ वटा फार्मेसीका संचालकलाई

प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई रास्वापाले तोक्यो जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ

चितवन । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ भएको छ