१८ भदौ २०८३, बिहिबार | September 3, 2026

निर्वाचन आचारसंहिताविरूद्ध दायर रिटको सुनुवाइ न्यायाधीश बमकुमार श्रेष्ठको इजलासमा



काठमाडौ‌ं । जनप्रतिनिधिहरूले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाइने निर्वाचन आचारसंहिताविरूद्ध दायर रिटको सुनुवाइ न्यायाधीश बमकुमार श्रेष्ठको इजलासमा मंगलबार हुँदै छ ।

रिट निवेदक सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा हुन् । निवेदनमार्फत अध्यक्ष शेर्पाले निर्वाचन आयोगले बनाएको आचारसंहिता जनप्रतिनिधिको संवैधानिक र कानुनी हक प्रतिकूल भएको र उक्त प्रावधान खारेजीको माग गरेका छन् ।

उनले प्रमुखरउपप्रमुख र अध्यक्षरउपाध्यक्षले उम्मेदवारी दिनुपर्ने भए कसलाई राजीनामा दिने भन्ने टुंगो नभएको र स्थानीय तह पनि रिक्त हुने पनि दाबी गरेका छन् ।

शेर्पाको तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले कानुनी प्रतिरक्षा गर्ने छन् । आयोगले ३ चैतमा जारी गरेको निर्वाचन आचारसंहिता २०७८ को दफा ३६ मा जनप्रतिनिधि उम्मेदवार बन्ने भए राजीनामा पहिले दिनुपर्ने व्यवस्था छ ।

यही व्यवस्थाविरूद्ध अध्यक्ष शेर्पाले सोमबार ९हिजो० सर्वोच्चमा रिट दायर गरेका हुन् ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  १२ : ०९ बजे

संसद् बैठकमै ढले कांग्रेस सांसद खड्का, उपचारका लागि वीर अस्पताल लगियो

काठमाडौं । प्रतिनिधिसभा बैठकका क्रममा नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का

प्रधानमन्त्री शाह र नेकपा नेता वर्षमान पुनबीच भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

काठमाडौं । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाका

सुरुङभित्रको उद्दारबारे प्रधानमन्त्रीले गरे कुलमानसँग छलफल

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले

भोटेकोशी बाढी : एक हजार २५२ शव फेला, चार हजार ८७५ जना सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका एक हजार