नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित एक बिजुली पसलमा आगलागी भएको छ । कोरियपुर स्थित लक्ष्मी बिजुली भण्डारमा आगलागी भएको हो।
जेएस स्कुल नजिकै रहेको उक्त बिजुली पसलमा पटका पड्काउने क्रममा आगलागी भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । चार वटा दमकल प्रयोग गरी नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ।
स्थानीयबासीका अनुसार आगलागीबाट पसलमा रहेका विद्युतीय सामानहरू नष्ट भएको छ । आगलागी नियन्त्रणको चरणमा पुगेको बाँके प्रहरी प्रवक्ता डीएसपी प्रतितसिंह राठौरले बताए । ‘आगलागी नियन्त्रणमा आएको छ, अझै केही बाँकी भए नभएको हेर्न जेसिभीले खोटल्दै छौं,’ उनले भने, ‘पूर्ण नियन्त्रणपछि नै क्षतिको विवरण संकलन गरिने छ ।’

















प्रतिक्रिया