९ पुस २०८२, बुधबार | December 24, 2025

कास्की अदालतमा तोडफोड, मिसिल चोरी भएको आशंका



पोखरा । कास्की जिल्ला अदालतमा तोडफोड भएको छ । ६ नम्बर इजलासको ढोका फोरिएको हो । मिसिल रहेको दराजको ढोका खुलेको अवस्थामा भेटिएको अदालतले जनाएको छ ।

सूचना अधिकारी निल पनेरुले इजलासको दराज फुटेको अवस्थामा रहेको बताए । उनका अनुसार घटनाबारे अनुसन्धान सुरु भएको छ । घटना मंगलबार राति भएको हो । बिहान सफा गर्ने बेलामा कर्मचारीले थाहा पाएछन्,झ उनले भने, ञनयाँ भवन भएकोले सीसीटिभी क्यामेरा राखिएको छैन। घटना कसरी भयो भन्ने यसै भन्न सक्ने अवस्था छैन ।झ

प्रहरीले मुचुल्का गरेर फर्किएको छ । प्रमाण मिसलस चोरी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । यद्यपि मिसिलबारे कर्मचारीले छानबिन गरिरहेका छन् ।

तोडफोडमा प्रयोग भएको फलामको रड फेला परेको प्रहरीले जनाएको छ । सोही रडको फिंगर प्रिन्टदेखि सीसीटिभी फुटेजसमेत हेरेर अनुसन्धान अघि बढाइएको हो । उक्त इजलासको जिम्मा न्यायाधीश देवप्रसाद योगीलाई थियो ।

वडा प्रहरीकै अगाडि कसरी भो तोडफोड रु

अदालतको ठ्याक्कै अगाडि वडा प्रहरी कार्यालय छ । डीएसपीको कमान्डमा प्रहरी खटिएका छन् । लेकसाइड क्षेत्र भएकोले यहाँको प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरू चौबिसै घण्टा उच्च सतर्कतासाथ बस्छन् । सोही कार्यालय अघिको अदालतमा भएको तोडफोड रहस्यमय छ ।

 

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ४ : १७ बजे

सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल

कर्णाली । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार

घाइते खनालपत्नीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड र नेपाल खनाल निवासमा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा

तराईमा बिहानैदेखि शीतलहर, चिसोबाट जनजीवन प्रभावित

काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु)