१६ श्रावण २०८३, शनिबार | August 1, 2026

कास्की अदालतमा तोडफोड, मिसिल चोरी भएको आशंका



पोखरा । कास्की जिल्ला अदालतमा तोडफोड भएको छ । ६ नम्बर इजलासको ढोका फोरिएको हो । मिसिल रहेको दराजको ढोका खुलेको अवस्थामा भेटिएको अदालतले जनाएको छ ।

सूचना अधिकारी निल पनेरुले इजलासको दराज फुटेको अवस्थामा रहेको बताए । उनका अनुसार घटनाबारे अनुसन्धान सुरु भएको छ । घटना मंगलबार राति भएको हो । बिहान सफा गर्ने बेलामा कर्मचारीले थाहा पाएछन्,झ उनले भने, ञनयाँ भवन भएकोले सीसीटिभी क्यामेरा राखिएको छैन। घटना कसरी भयो भन्ने यसै भन्न सक्ने अवस्था छैन ।झ

प्रहरीले मुचुल्का गरेर फर्किएको छ । प्रमाण मिसलस चोरी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । यद्यपि मिसिलबारे कर्मचारीले छानबिन गरिरहेका छन् ।

तोडफोडमा प्रयोग भएको फलामको रड फेला परेको प्रहरीले जनाएको छ । सोही रडको फिंगर प्रिन्टदेखि सीसीटिभी फुटेजसमेत हेरेर अनुसन्धान अघि बढाइएको हो । उक्त इजलासको जिम्मा न्यायाधीश देवप्रसाद योगीलाई थियो ।

वडा प्रहरीकै अगाडि कसरी भो तोडफोड रु

अदालतको ठ्याक्कै अगाडि वडा प्रहरी कार्यालय छ । डीएसपीको कमान्डमा प्रहरी खटिएका छन् । लेकसाइड क्षेत्र भएकोले यहाँको प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरू चौबिसै घण्टा उच्च सतर्कतासाथ बस्छन् । सोही कार्यालय अघिको अदालतमा भएको तोडफोड रहस्यमय छ ।

 

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ४ : १७ बजे

‘ग्यासको आपूर्ति नियमित छ, अभाव छैन’

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

रौतहट । सरकारले मिटर ब्याजसम्बन्धी गरेको ९ बुँदे निर्णय एकतर्फी,

२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं । उद्योग विभागले स्थिर पुँजी रु २५ करोडभन्दा कम

नेपाल-चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा, राजदूत चाङले जारी गरे सन्देश

काठमाडौँ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७१ वर्ष

धनुषा र सिरहाको लहानमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको कर्फ्युः आदेश