५ श्रावण २०८३, मंगलबार | July 22, 2026

सांस्कृतिक संस्थानले छान्यो ११ एकल नाटक



काठमाडौं । सांस्कृतिक संस्थानले आयोजना गरेको ‘अनलाइन एकल नाटक प्रतियोगिता २०७७/०७८’ को पहिलो चरणमा ११ वटा नाटक छनोट भएका छन् । ‘घरघरमा रंगमञ्च’ भन्ने अवधारणाका साथ देश विदेशका प्रतिभावान कलाकारको खोजी गर्न प्रतियोगिता आयोजना गरिएको संस्थानले जनाएको छ ।

प्रतियोगितामामा छनोट भएका नाटकमा प्रशान्त श्रेष्ठको ‘लकडान एक अवसर’, अनन्तराज सिग्देलको ‘दुई गाउँका हर्ष र प्रकाश’, निर्मल सुवेदीको ‘अधुरो इच्छा’, निशान खत्रीको ‘आरु फुल्यो’, सुस्मिता श्रेष्ठको ‘बा।रा।सी’, मनिता रूपाखेतीको ‘रिठ्ठु’ रहेका छन् । त्यसैगरी लक्ष्मी पाण्डेको ‘१५ दिन’, रमिक ठकुरीको ‘गोठको चिया’, गणेश उपाध्यायको ‘सम्भाव्य’, वसन्त केसीको ‘साङ्लो’ र मञ्जु गिरीको ‘नाटकभित्रको नाटक’ रहेको छ ।

संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले नेपाली वा आफ्नो मातृभाषा प्रयोग गर्न सकिने यस प्रतियोगितामा देशको सार्वभौम अखण्डतामाथि आँच आउने, सामाजिक एवं धार्मिक सद्भाव खल्बलिने, कोही व्यक्ति वा समुदायको मानमर्दन हुने, मित्रराष्ट्रहरूप्रति नकारात्मक टिप्पणी गर्ने, राजनीतिक दल वा विचार झल्कनेजस्ता विषय मान्य नहुने प्रावधान राखिएको बताए ।

‘पहिलो चरणमा छनोट भएका ११ वटा नाटकलाई सांस्कृतिक संस्थानको युट्युब च्यानल र अन्य अनलाइन पोर्टलमा राखिएको छ’, महाप्रबन्धक राईले भने, ‘चैत २५ गतेसम्ममा सर्वाधिक लाइक र सेयर भएका नाटकलाई बढीमा थप १५ अंकसम्म र छनोट चरणमा प्राप्त १०० मध्ये प्राप्त गरेको अंक मिलाई उत्कृष्ट पाँच नाटक छनोट गरिनेछ ।’

उत्कृष्ट पाँच नाटकलाई सांस्कृतिक संस्थानको मञ्चमा रंगमञ्चीय वातावरणबीच लाइभ प्रस्तुतिमार्फत विजेता छनोट गरिनेछ । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रोलाई क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार एवं दुई जनालाई सान्त्वना पुरस्कारस्वरूप १५, १५ प्रदान गरिने भएको छ । ‘देशका कुना कन्दरामा लुकेर रहेको प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्न यो प्रतियोगिता आयोजना गरिएको हो’, महाप्रबन्धक राईले भने ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ९ : २४ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं