२० माघ २०८२, मंगलबार | February 3, 2026

दिवा खाजाको प्रभाव : बाटोमै अल्मल्लिएर बस्ने विद्यार्थी विद्यालय पुग्छन्



दैलेख। दैलेखको भगवतीमाई गाउँपालिका-६ का गणेश विकको उमेर आठ वर्ष पुग्यो । उनी वडा नम्बर-५ को भगवती माध्यामिक विद्यालयमा कक्षा २ मा अध्ययनरत छन् । सुरु सुरुमा बाटोमै अल्मल्लिएर बस्ने उनी अहिले निरन्तर विद्यालय जाने गर्छन् । सोही ठाउँकै कक्षा २ मा अध्ययनरत सुमन रेग्मीको पनि समस्या उस्तै थियो । उनलाई विद्यालय जान मन लाग्दैन थियो । अहिले विद्यालयमा दिइने दिवा खाजा कार्यक्रम सुरु भएपछि उनी दैनिक विद्यालय पुग्छन् ।

दिवा खाजा प्रभावकारी बन्दै

दैलेखमा अहिले दिवा खाजा प्रभावकारी बन्दै गएको छ । दिवा खाजा कार्यक्रम लागु भएपछि विद्यार्थी पनि निरन्तर विद्यालय आउने र पढाइ पनि गुणस्तरीय भएको शिक्षक सीता अधिकारी बताउँछिन् । ुपहिले विद्यार्थी घरबाट विद्यालय पुगे पनि बीच बाटोमै बस्ने,रुने कराउने समस्या थियो,’उनले भनिन्,‘अहिले दिवा खाजा कार्यक्रम सञ्चालन भएपछि खाजा खानकै लागि पनि विद्यार्थी विद्यालय निरन्तर पुग्छन् ।’

३२ वटा विद्यालयमा दिवा खाजा कार्यक्रम

गाउँपालिकाको ३२ वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम लागु भएको छ । बालविकासदेखि कक्षा ५ सम्म लागु भएको यो कार्यक्रम सकरात्मक र प्रभावकारी भएको भगवतीमाई गाउँपालिका शिक्षा विज्ञान तथा प्रविधि शाखा अधिकृत मानबहादुर विश्वकर्मा बताउँछन् । उनका अनुसार २४ वटा विद्यालयमा खाद्य परियोजना र बाँकी रहेका आठवटा विद्यालयमा नेपाल सरकारको सशर्त अनुदानबाट सञ्चालन भइरहेको बताए । दिवा खाजा कार्यक्रम लागु भएपछि विद्यालय पुग्नेको संख्या बढेको, दिउँसो विद्यालयमा लुकेर जाने बालवालिकाको संख्या कम हुँदै आएको छ ।

दिवा खाजामा स्थानीय स्तरकै उत्पादन

भगवतीमाई गाउँपालिकाका ३२ वटा सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादनलाई जोड दिएको शिक्षा विज्ञान तथा प्रविधि शाखा अधिकृत विक बताउँछन् । अहिले यहाँका अधिकांश सामुदायिक विद्यालयहरूमा स्थानीयस्तरमा उत्पादन भएका अर्गानिक खानेकुरालाई जोड दिएका छौँ,’ उनले भने, ‘अहिले पनि स्थानीय जातका खानेकुरा नभेटेपछि केही विद्यालयले मात्र चामल अन्यले स्थानीय स्तरकै उत्पादनमा जोड दिएका छन् । स्थानीय स्तरकै अर्गानिक खानेकुरालाई जोड दिँदा स्थानीय किसानको आयआर्जन बढेको छ ।’

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ११ : १८ बजे

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई प्रभावकारी बनाउन

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज

देश जोगाउने दायित्व एमालेको काँधमा आएको छ : गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २

सुदुरपश्चिमका १६ वटै क्षेत्रमा सशस्त्रको ‘निर्वाचन सुरक्षा बेस’ स्थापना हुँदै

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र

श्रमिक ठगी गर्न बनेका कार्यविधि खारेज गरिने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रमिक