१२ फाल्गुन २०८२, मंगलबार | February 24, 2026

कास्की जिल्ला अदालतमा तोडफोड गर्ने व्यक्ति पक्राउ



कास्की । कास्की जिल्ला अदालतभित्र प्रवेश गरी तोडफोड गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–१५ टुटुङ्गाका २७ वर्षीय दावा भनिने अर्जुन परियारलाई प्रहरीले बिहीबार पक्रेको हो । परियारविरुद्ध अदालतबाट आठ दिनको म्याद लिएर प्रहरीले नकबजनी चोरी उद्योग र आपराधिक उपद्र मुद्दामा अनुसन्धान थालेको हो ।

उनले बुधबार राति पोखरा महानगरपालिका–६ बैदामस्थित जिल्ला अदालत परिसरभित्र प्रवेश गरी एक नम्बर इजलास र ६ नम्बर इजलासको कोठाको ढोकामा लगाएको ताला फोडेका थिए ।

उनी विगतमा पनि पटक पटक पक्राउ पर्दै जेल सजाय काटेको व्यक्ति रहेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

६ जेठ २०७३ मा पनि उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले अभद्र व्यवहार मुद्दामा पक्राउ गरेको थिए । यस्तै भदौ २०७३ मा वडा प्रहरी कार्यालय रामबजारमा अभद्र व्यवहार मुद्दामा पक्राउ परेका थिए । त्यस्तै २०७३ सालकै असोजमा चोरी गरेको आरोपमा पक्राउ परेका थिए । २०७४ को कात्तिकमा लागु औषध मुद्दामा समेत प्रहरीले पक्राउ गरेको थियो ।

चैत २०७६ मा लागू औषध कसुरमा पक्राउ परेका थिए । पछि जेल बसेर २३ फागुन २०७८ मा थुनामुक्त भएका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ४ : ४६ बजे

बाँकेमा ३३ जना उम्मेदवारले मात्रै खोले बैङ्क खाता, १५ जनाले गरे बेवास्ता

नेपालगन्ज । निर्वाचन खर्च प्रयोजनका लागि बाँकेमा ३३ जना उम्मेदवारले

लुम्बिनी प्रदेशमा मानवअधिकार उल्लंघनमा रुपन्देही पहिलो स्थानमा

नेपालगन्ज । राज्यपक्षबाटै मानवअधिकारको रक्षामा उदासिनता देखाएको सरोकारवालाहरुले बताएका छन्

डिजिटल प्रविधिको दुरुपयोग रोक्न प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना

काठमाडौँ । डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीलाई सामना गर्न नेपाल

स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ मा

पश्चिम नवलपरासीमा रास्वपा त्याग्ने क्रम बढ्दो, सुस्ता गाउँपालिकाका सचिव पन्थले पनि छाडे

रुपन्देही । पश्चिम नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने