१ आश्विन २०८३, बिहिबार | September 17, 2026

पोर्चुगल विश्वकप छनोटको प्लेअफको फाइनलमा



काठमाडौं । पोर्चुगल कतार विश्वकपको युरोपियन छनोटको प्लेअफको फाइनलमा पुगेको छ ।

बिहीबार राति घरेलु मैदानमा भएको खेलमा टर्कीमा माथि ३-१ को जित निकाल्दै पोर्चुगल प्लेअफ समूह सीको फाइनलमा पुगेको हो ।

युरोपियन छनोटमा सिधै विश्वकपमा छनोट हुन असफल भएपछि पोर्चुगल प्लेअफ खेल्न बाध्य भएको थियो । फाइनलमा नर्थ म्यासेडोनियालाई हराउन सके पोर्चुगलले कतार विश्वकपमा स्थान पक्का गर्ने छ ।

बिहीबार राति भएको खेलमा पोर्चुगललाई जित दिलाउन ओटाभिओ, डिएगो जोटा र म्याथुस नुनेसले गोल गरे । यता, टर्कीका बुराक इल्मासले गोल गरेका थिए ।

१५ औं मिनेटमा ओटाभिआले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । उनले डिबक्स बाहिरबाट बर्नार्डो सिल्भाले प्रहार गरेको बल पोस्टमा लागेर फर्किएपछि गोल गरेका थिए । ४२ औं मिनेटमा जोटाले गोल गर्दै पहिलो हाफमा टिमलाई २-० को अग्रता दिलाए । उनले ओटाभिआकै क्रसमा हेडिङमा गोल गरेका थिए ।

६५ औं मिनेटमा बुराक इल्मासले गोल गर्दै टर्कीलाई खेलमा फर्काउने प्रयास गरे । ८४ औं मिनेटमा इल्मासले नै सुनौलो मौका खेर फालेपछि टर्कीले बराबरीको अवसर गुमायो । पोर्चुगकाल जोसे फोन्टले डिबक्समा फाउल गरेपछि प्राप्त पेनाल्टीमा बुराकको प्रहार आकासिएको थियो ।

गोल गरेपछि टर्कीले पोर्चुगललाई दबाबमा राखेको थियो । गोलका केही अवसर पनि सिर्जना गरेको थियो । तर, इन्जुरी समयको चौथो मिनेटमा नुनेसले गोल गर्दै टिमलाई जित दिलाए । उनले राफायल लेयोको पासमा गोल गरेका थिए।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ७ : ३० बजे

ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई

शेखर कोइराला मध्यमार्गी धारमै रहने, दुवै महाधिवेशनमा सहभागी नहुने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला मध्यमार्गी धारमै

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा । दुईदशकअघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

संस्थापन कांग्रेस बैठकमा निवर्तमान पदाधिकारी तथा सदस्यहरू सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिमा