५ पुस २०८२, शनिबार | December 20, 2025

पोर्चुगल विश्वकप छनोटको प्लेअफको फाइनलमा



काठमाडौं । पोर्चुगल कतार विश्वकपको युरोपियन छनोटको प्लेअफको फाइनलमा पुगेको छ ।

बिहीबार राति घरेलु मैदानमा भएको खेलमा टर्कीमा माथि ३-१ को जित निकाल्दै पोर्चुगल प्लेअफ समूह सीको फाइनलमा पुगेको हो ।

युरोपियन छनोटमा सिधै विश्वकपमा छनोट हुन असफल भएपछि पोर्चुगल प्लेअफ खेल्न बाध्य भएको थियो । फाइनलमा नर्थ म्यासेडोनियालाई हराउन सके पोर्चुगलले कतार विश्वकपमा स्थान पक्का गर्ने छ ।

बिहीबार राति भएको खेलमा पोर्चुगललाई जित दिलाउन ओटाभिओ, डिएगो जोटा र म्याथुस नुनेसले गोल गरे । यता, टर्कीका बुराक इल्मासले गोल गरेका थिए ।

१५ औं मिनेटमा ओटाभिआले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । उनले डिबक्स बाहिरबाट बर्नार्डो सिल्भाले प्रहार गरेको बल पोस्टमा लागेर फर्किएपछि गोल गरेका थिए । ४२ औं मिनेटमा जोटाले गोल गर्दै पहिलो हाफमा टिमलाई २-० को अग्रता दिलाए । उनले ओटाभिआकै क्रसमा हेडिङमा गोल गरेका थिए ।

६५ औं मिनेटमा बुराक इल्मासले गोल गर्दै टर्कीलाई खेलमा फर्काउने प्रयास गरे । ८४ औं मिनेटमा इल्मासले नै सुनौलो मौका खेर फालेपछि टर्कीले बराबरीको अवसर गुमायो । पोर्चुगकाल जोसे फोन्टले डिबक्समा फाउल गरेपछि प्राप्त पेनाल्टीमा बुराकको प्रहार आकासिएको थियो ।

गोल गरेपछि टर्कीले पोर्चुगललाई दबाबमा राखेको थियो । गोलका केही अवसर पनि सिर्जना गरेको थियो । तर, इन्जुरी समयको चौथो मिनेटमा नुनेसले गोल गर्दै टिमलाई जित दिलाए । उनले राफायल लेयोको पासमा गोल गरेका थिए।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ७ : ३० बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता