१६ श्रावण २०८३, शनिबार | August 1, 2026

पोखरामा बुटवलका खेलाडीलाई ६ पदक



बुटवल । पोखरामा सम्पन्न मनुश्री/बिग्नाश्री जेटिआई खुल्ला जुनियर टेनिस प्रतियोगिता २०२२ मा बुटवलका जुनियर खेलाडीहरुले ६ पदक हात पारेका छन ।

मनुश्री/बिग्नाश्रीको सहयोगमा कास्की जिल्ला लन टेनिस संघको आयोजनामा विहिबार भएको अन्तिम दिनको खेलमा १ स्वर्ण, दुई रजत र ३ कास्य पदक हात पारेका छन ।

प्रतियोगिता अन्तरगत १२ वर्षमुनि उमेर समुहमा बिज्रेश अर्यालले स्वर्ण पदक हात पारेका छन । यसैगरि ९ वर्ष मुनि उमेर समहमा निश्चल ज्ञवाली र १० वर्ष मुनिमा संघणै फौदारले रजत पदक हात पारेका छन ।

प्रतियोगिताकै ८ वर्ष मुनि उमेर समुहमा निर्जल टण्डन, ९ वर्ष मुनि उमेर समुहमा संघर्ण फौदार र १० वर्ष मुनि उमेर समुहमा सन्दिप जिसिले कास्य पदक हात पारेका छन ।

सबै खेलाडीहरु बुटवलस्थित न्यु होराईजन बोर्डिङ स्कुलमा अध्ययरत छन । नियमित अभ्यासको कारण रुपन्देहीका जुनियर खेलाडीको प्रदर्शन राम्रो रहेको प्रशिक्षक विकास खड्काले बताए ।

चैत ७ गतेबाट शुरु भएको प्रतियोगितामा देशभरबाट १ सय ३५ जना सहभागी रहेका थिए । एक समारोहका बिच विजेता, उपविजेता खेलाडीहरुलाई मन्जुश्री बिग्नाश्रीका संरक्षक कुमार मन बहादुर शाही, कास्की जिल्ला लन टेनिस संघका उपाध्यक्ष नबिन चालिसेले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ८ : १९ बजे

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलमा

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

काठमाडौँ । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी

नेपालगन्जमा सद्भाव र्‍याली, समापन स्थलमा प्लेकार्ड प्रदर्शन

नेपालगन्ज । देशमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष