१८ माघ २०८२, आइतबार | February 1, 2026

प्रधानमन्त्री देउवाले चैत तेस्रो साता भारतको भ्रमण गर्ने



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैत तेस्रो साता भारतको भ्रमण गर्ने भएका छन् । चैत १८ देखि २० गतेसम्म तीन दिने भारत भ्रमणको तयारी भैरहेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।

‘प्रधानमन्त्रीज्युको भारत भ्रमणको तयारी भैरहेको छ। सम्भवत चैत १८ देखि २० गतेसम्म उहाँले भारत भ्रमण गर्नुहुनेछ,’ स्रोतले भन्यो ।

भारत भ्रमणको तयारी सुरु भएपछि प्रधानमन्त्री देउवा श्रीलंकामा चैत १६ गतेबाट सुरु हुने बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन नजाने भएका छन् । उनले सम्मेलनलाई भर्चुअल सम्बोधन गर्नेछन् ।

देउवा पाँचौं पटक प्रधानमन्त्री भएपछि उनले गर्न लागेको यो पहिलो भारत भ्रमण हो ।

केहि साता अघि उनी एउटा सम्मेलनमा सहभागी हुन भारतको गुजरात जान लागेका थिए । तर कोरोना संक्रमण बढेपछि उक्त भ्रमण स्थगित गरिएको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ९ : १६ बजे

वीरगन्ज हुँदै छ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो

वीरगञ्ज । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा