१५ बैशाख २०८२, सोमबार | April 28, 2025

तल्ला तहका २० हजार प्रहरी बढुवाको बाटोमा



काठमाडौं । सरकारले नेपाल प्रहरीमा थपिएका तल्लो तहका तीन पदमा बढुवा प्रक्रिया सुरु गरेको छ ।

सरकारले प्रहरीका तल्लो तहमा लामो समयदेखि बढुवा नहुँदा मनोबल खस्किएको निष्कर्षसहित थप भएका पदमा बढुवा प्रक्रिया अघि बढाएको हो । यो प्रक्रियामा प्रहरीका तल्ला तहमा रहेका तीन तहका २० हजार ४ सय १९ प्रहरीको बढुवा हुनेछ । बढुवा प्रक्रिया बिहीबारबाट नै सुरु भएको हो ।

सरकारले प्रहरी नियमावली, २०७१ को नवौं संशोधनमार्फत जवान र हबल्दारको बीचमा प्रहरी सहायक हबल्दार, हबल्दार र प्रहरी सहायक निरीक्षकको बीचमा प्रहरी वरिष्ठ हबल्दार तथा प्रहरी निरीक्षक र प्रहरी नायब निरीक्षकको बीचमा प्रहरी वरिष्ठ नायब निरीक्षक पद सिर्जना गरेको थियो ।

यी नयाँ सिर्जना गरिएका पदमा एकैपटक बढुवा गर्न कार्यसम्पादन मूल्यांकन चाहिने भएकाले पहिलोपटकलाई वरिष्ठताका आधारमा बढुवा गर्ने प्रक्रिया थालिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रहरी प्रशासन शाखाका उपसचिव गणेश गैह्रेका अनुसार नियमावली संशोधनपछि तीन पदमा गरेर २० हजार ४ सय १९ प्रहरीको बढुवा हुनेछ ।

उनका अनुसार प्रहरी नायब निरीक्षकबाट प्रहरी वरिष्ठ नायब निरीक्षकमा १ हजार ४ सय १८ जना, प्रहरी हबल्दारबाट प्रहरी वरिष्ठ हबल्दारमा ३ हजार ७ सय ४८ जना र प्रहरी जवानबाट प्रहरी सहायक हबल्दारमा १५ हजार २ सय ५३ जना बढुवा हुनेछन् ।

यीमध्ये पहिलो चरणमा बिहीबार प्रहरी वरिष्ठ नायब निरीक्षकमा १ सय ९१ जना, प्रहरी वरिष्ठ हबल्दारमा १ हजार १ सय ७३ जना तथा प्रहरी सहायक हबल्दारमा १ हजार ७ सय ५२ जना बढुवा सिफारिस भएका छन् ।

दरबन्दी सिर्जना भएअनुरूप क्रमशः बढुवा गर्दै लैजाने प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं प्रशासन विभागअन्तर्गतको कर्मचारी प्रशासन शाखाले जनाएको छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ७ : १५ बजे

नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको हो : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको

आईपीओको यात्रामा पैचो पसल, एनआईसी क्यापिटलसँग सम्झौता

काठमाडौ । एनआईसी एशिया क्यापिटल र पैचो पसलबीच भविष्यमा पैचो

निजी मेडिकल कलेजले माघ २५ देखिकै निर्वाह भत्ता दिनुपर्ने चिकित्सा शिक्षा आयोगको निर्णय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको चिकित्सा

प्रचण्डद्वारा बर्दियाका सहिद तथा बेपत्ता परिवारसँग अन्तरक्रिया

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

शिक्षकका मागबारे प्रतिपक्षी दलहरूले संसदमा ल्याए जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं । शिक्षकको मागप्रति सरकार गम्भीर नभएको जिकिर गदैै प्रतिपक्षी