१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

आइपिएल : कोलकाताले चेन्नईलाई हरायो



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो खेलमा शनिबार कोलकाता नाइड राइर्डर (केकेआर) ले चेन्नई सुपर किंङ्स (सिएसके) लाई ६ विकेटले पराजित गरेको छ ।

वान्खडे क्रिकेट रंगशालामा सिएसकेले दिएको एक १३२ रनको लक्ष्य केकेआरले १८ ओभर ३ बलमा चार विकेट गुमाएर भेट्टायो ।

केकेआरको जितमा ओपनर अजिक्या राहानेले सर्वाधिक ४४ रन बनाए । उनले ३४ बलमा चार चौका र एक छक्का प्रहार गरेका थिए । यस्तै, साम बिलिङले २५, नितिश राणाले २१ र कप्तान श्रेयस ऐयरले २० रन जोडे ।

सिएकेका ड्वेन ब्राभोले तीन विकेट लिए । यसबाहेक, मिचेल स्यान्टनरले एक विकेट हात पारे । यसअघि टस हारेर ब्याटिङमा आएको सिएसकेले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १३१ रनको योगफल खडा गरेको थियो ।

चेन्नईको ब्याटिङमा महेन्द्रसिंह धोनीले सर्वाधिक ५० रन बनाएका थिए । उनले ३८ बलमा सात चौका र एक छक्का प्रहार गरेका थिए । यसबाहेक, रोविन उत्थपाले २८, कप्तान रविन्द्र जडेजाले २६ र अम्बती रायडुले १५ रन जोडेका थिए ।

केकेआरका उमेश यादवले दुई विकेट लिएका थिए । यस्तै, वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान एक विकेट लिएका थिए ।

 

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ८ : १० बजे

राष्ट्रपतिबाट एक अध्यादेश जारी

काठमाडौं । मन्त्रिपरिषदले सिफारिस गरेको ६ वटा अध्यादेश मध्य राष्ट्रपति

रोल्पामा बोलेरो दुर्घटना, १६ जना घाइते

रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका

एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द

रसुवा । चीनबाट आयात गरिएका व्यवसायिक सामग्रीको भन्सार जाँचपास प्रक्रिया

निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यक : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मुलुकको

बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुद्धका अहिंसा, मैत्री, करुणा र