२८ चैत्र २०८२, शनिबार | April 11, 2026

वडामै निःशुल्क माटो परीक्षण सुविधा



कपिलवस्तु । कपिलवस्तु नगरपालिका-९ ले वडा कार्यालय मै माटो परीक्षण सुविधा दिन सुरू गरेको छ। वडाका किसानलाई सहज होस भनेर कार्यालयले यसै सातादेखि माटो परीक्षण सुरु गरेको हो ।

वडा कार्यालयलाई मुक्तिनाथ एग्रो प्रा.लिबाट डिजिटल माटो परीक्षण मिनी ल्याब उपलब्ध गराएपछि किसानले आवश्यक परेको बेला माटो परीक्षण गर्न सक्ने भएका छन् । वडा कार्यालयले निःशुल्क रूपमा माटो परीक्षण गर्ने वडा अध्यक्ष शिव वाग्लेले बताए ।

पहिलो चरणअन्तर्गत वडाले ५० हजार लागतमा ५० थान किट खरिद गरी एक सातासम्म परीक्षण अभियान सुरु गरेको वडा सचिव विजय पोख्रेलले बताए । वडामै माटो परीक्षण सेवा सुरु भए पछि कृषकहरू आउने क्रम जारी रहेको बताइएको छ ।

मिनी ल्याबको प्रयोगबाट माटोको पिएच लेभल [अम्लियपन], माटोमा मलको मात्रा, नाइट्रोजन, फस्फोरस, पोटास तथा माइक्रो न्युट्रेन्ट [सल्फर, जिङ्क, म्याग्नेसियम, आइरन] परीक्षण गर्न सकिने नायब पशु स्वास्थ्य प्राविधिक विपिन पोख्रेलले बताए । परीक्षणपछि किसानलाई माटो अनुसारको बाली लगाउन समेत सिफारिस गरिने बताइएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  २ : ०१ बजे

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र

पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक