९ पुस २०८२, बुधबार | December 24, 2025

रुपन्देहीमा हातहतियार बुझाउन निर्देशन



भैरहवा । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले हातहतियार प्रहरी ईकाइमा बुझाउन निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सार्वजनिक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चैत मसान्तभित्र हतियार बुझाउन सुचना जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा नजिकको प्रहरी ईकाईमार्फत हतियार बुझाउन उल्लेख छ । आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वासनीय वातावरणमा सप्पन्न गर्न रुपन्देही जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको हो । निर्वाचन कार्य सम्पन्न भएपछि फिर्ता पाउने गरी चैत मसान्तभित्र नजिकै प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा हतियार बुझाउन सकिन्छ ।

गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकबाट भएको निर्णय अनुसार निर्वाचन पश्चात् हातहतियार फिर्ता हुनेछ । बुझाएका हतियार सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएपश्चात् सम्बन्धित धनीलाई नै फिर्ता गरिनेछ ।

कोही-कसैले कुनै पनि इजाजत वा बिनाइजाजतका हातहतियार राखेको भए पनि आगामी चैत मसान्तसम्म स्वतःस्फूर्त रूपमा बुझाउन सकिन्छ । निर्धारित समयभित्र नबुझाई अटेर गरेको पाइएमा वा यस अवधिमा भेटिएमा त्यस्ता व्यक्तिको हातहतियार खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने कार्यालयले जानकारी दिएको छ ।

कानुनी व्यवस्थाबारे जानकारी नभएर वा अरु कसैको लहैलहैमा लागेर बिना अनुमति हातहतियार तथा खरखजाना राखेको भएपनि बुझाउन सकिने व्यवस्था पहिलै देखि नै छ । जिल्लामा विभिन्न समय भूमिगत समूहहरुले पनि हातहतियार कार्यालयमा बुझाएका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ७ : ०५ बजे

उज्यालो नेपाल पार्टीले पुसभित्र कुलमान घिसिङको उपस्थितिमा रुपन्देहीमा विशेष कार्यक्रम गर्ने

बुटवल । उज्यालो नेपाल पार्टी रुपन्देहीले पुस महिनाभित्र ऊर्जा क्षेत्रका

छ वटा राजनीतिक दल खारेज

काठमाडौं । निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक

अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको मृत्यु

बुटवल । अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको

पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा जाने नेपाली टोलीलाई तिलोत्तमा नगरद्वारा राष्ट्रिय झण्डा प्रदान

रुपन्देही । भारतको पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं । प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका