काठमाडौं । प्रहरीले सात लाख ५९ हजार बराबरको सुनको गहना र नगदसहित एक जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले सिन्धुलीका २४ वर्षीय राजेश पाख्रिनलाई काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट पक्राउ गरेको हो । उनी गहना र नगद चोरी गरेको आरोपमा पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार पाख्रिनको साथबाट प्रहरीले दुई तोलाको सुनको हार, एक तोलाको सुनको बाला, एक तोला सुनको झुम्का र २८ हजार नगद बरामद गरेको छ ।
प्रहरीले पक्राउ परेका राजेशविरुद्ध मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद-२० अन्तर्गत दफा २४१ को ‘चोरी गर्न नहुने कसूर’ मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान थालेको छ ।



















प्रतिक्रिया