१४ असार २०८३, आइतबार | June 28, 2026

आइपिएल : लखनउ जाइन्ट्समाथि गुजरात टाइटन्सको जित



काठमाडौं । आइपिएलको नयाँ टिम गुजरात टाइटन्सले प्रतियोगिताको सुरुआत जितका साथ गरेको छ ।

गएराति भएको पहिलो खेलमा अर्को नयाँ टिम लखनउ सुपरजाइन्ट्सलाई ५ विकेटले हराएको छ । मुम्बईस्थित वान्खडे रंगशालामा भएको खेलमा लखनउले दिएको १५९ रनको लक्ष्य गुजरातले १९.४ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो ।

गुजरातका लागि अलराउन्डर राहुल तिवेटियाले सर्वाधिक ४० रन बनाए । उनले २४ बलमा ५ चौका र २ छक्का प्रहार गरे  । यस्तै, कप्तान हार्दिक पाण्ड्याले ३३ रन बनाउँदा म्याथु वाडे र डेविड मिलरले समान ३० रन बनाए ।

लखनउका दुशमन्था चामीराले २ तथा आभेस खान, कुर्नाल पाण्ड्या र दीपक होडाले समान १ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको लखनउले ६ विकेट गुमाउँदै १५९ रन बनायो । २९ रन बनाउँदै ४ विकेट गुमाएको लखनउका लागि दीपक हुडा र आयुष बदोनीले अर्धशतक बनाएपछि चुनौतीपूर्ण स्कोर खडा गरेको हो ।

हुँडा र बदोनीले पाँचौं विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए । हुडाले ४१ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५५ रन बनाउँदा बदोनीले ४१ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ५४ रन बनाए । बदोनीले आइपिएलको डेब्यूमै अर्धशतक बनाए ।

यस्तै, कुर्नाल पाण्ड्याले १३ बलमा २१ रन बनाउँदा इभान लेविसले १० रन बनाए । गुजरातका मोहम्मद सामीले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए भने वरुण आरोनले २ विकेट लिए ।

आइपिएल अन्तर्गत मंगलबार राजसस्थान रोयल्सले सनराइजर्स हैदरावादको सामना गर्नेछ ।

 

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ७ : २८ बजे

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै

काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

ओली, प्रचण्ड, माधवले आज एउटै मञ्चबाट भाषण गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली