१४ चैत्र २०८२, शनिबार | March 28, 2026

मौसमविद्लाई प्रश्न : काठमाडौंमा बिहानैदेखि तुवाँलो किन ?



काठमाडौं । काठमाडौं उपत्यकाको आकाश तुवाँलोले ढाक्दा बिहानदेखि घाम लाग्न सकेको छैन । उपत्यकामा विशेषगरी गत आइतबारबाट तुवाँलो लाग्न थालेकोमा सोमबार दिनभरजसो आकाश धुम्म रह्यो । आज बिहानैदेखि तुवाँलो छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार वायुमण्डलको सतहमा प्रदूषण छ । वायुण्डलको माथिल्लो तहमा भने बादल बनेको छ ।

‘धुलोका कणलाई बादलले छोपेर राखेको छ, माथि जान दिएको छैन । बादल लागे पनि वर्षामा परीणत हुन सकेको छैन,’ मौसमविद् भट्टराईले न्युज कारखानासँग भने, ‘वर्षाका लागि उपयुक्त सिस्टम चाहिन्छ । तत्काल सम्भावना देखिँदैन ।’

पानी नपर्दा धुलोका कणहरु ‘ह्युमन वडी’ आसपास प्रदूषण रहेको उनले बताए । वायुमण्डलमा रहेका धुलाेका कण साेहर्‍न कि त वर्षा हुनुपर्छ कि हुरीबतास चल्नुपर्ने हुन्छ ।

उपत्यकामा हाल स्थानीय वायु त छ । तर, पश्चिमी क्षेत्रबाट आउने जलवाष्पयुक्त वायुसँग स्थानीय ‘कन्भेन्सनल प्रभाव’का कारण आकाशमा तुवाँलो लागेको हो । उनका अनुसार जमिन तातिएर स्थानीय वायु माथि चिसिएर बादल बनिने प्रक्रिया कन्भेन्सनल प्रभाव हो ।

उनका अनुसार तत्काल पानी पर्ने सम्भावना पनि छैन । ‘आज र भोलि पनि काठमाडौंको मौसममा खासै सुधार हुने देखिँदैन,’ उनले भने ।

महाशाखाका हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकिका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहने छ ।

प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

 

 

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ७ : ३४ बजे

ओली लेखक पक्राउको विरोधमा अखिलद्वारा देशव्यापी प्रतिकारको आह्वान

काठमाडौं । आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री

लेखक पक्राउ बारे धारणा बनाउन कांग्रेस नेताहरु परामर्शमा

काठमाडौँ। पार्टीका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेको

बाढीले बगाएर एक कर्मचारीको मृत्यु, विपी राजमार्ग खुलाउने प्रयास

काभ्रेपलाञ्चोक । शुक्रबार साँझको बर्सातपछि रोशी खोलामा आएको बाढीले बगाएर

ओलीलाई त्रिवि शिक्षण अस्पतालको ‘रेड जोन’ को २७ नम्बर बेडमा राखियो

काठमाडौं । जरुरी पक्राउ पूर्जी थमाएर पक्राउ गरिएका पूर्वप्रधानमन्त्री एवं

१६औँ राष्ट्रिय भेटेरिनरी सम्मेलन (भेटकन २०२६) रुपन्देहीमा हुँदै

बुटवल । नेपालमा पशु स्वास्थ्य, प्रविधि तथा अनुसन्धानको समन्वित विकासलाई