१४ चैत्र २०८२, शनिबार | March 28, 2026

दोर्दीका घरघरमा खानेपानीका धारा



लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाका घरघरमा खानेपानीको धारा पुगेको छ ।

दोर्दी गाउँपालिकाको पहल र ‘गोर्खा वेलफेयर ट्रष्ट’को सहयोगमा श्रीमन्ज्याङ लामा गाउँका १ सय १५ घरमा मिटर प्रणालीमार्फत पानी पुर्‍याइएको गाउँपालिको जनाएको छ ।

गाउँपालिकाको लामागाउँसंगै कामचोक, खहरे, बगर, ढोडेनी, फलेनी, दैलुङ, लप्सीबोट लगायतका ठाउँमा गरी ५ सय ५८ घरमा मिटर प्रणालीमा खानेपानी पुर्‍याइएको हो ।

दुई करोड ६१ लाख लागतमा खानेपानीको सुविधा पुगेको हो । गाउँपालिकाले संस्थाको समन्वयमा पाँच सय ५८ धारा जडान गरिसकिएको छ । २ हजार ८ सय ९३ घरमा खानेपानीको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताए ।

यसैगरी, दोर्दी गाउँपालिकाका समन्वय एवं सिआरएस नेपाल र सप्रोस नेपालको संयुक्त साझेदारीमा संचालित ‘कोउँसरा बहुउपयोगी खानेपानी योजना’ अन्तर्गत दोर्दी गाउँपालिका २,अर्चलबोटको उपल्लो अलैँचेका घरमा पनि मिटर प्रणालीमा पानी पुर्‍याइएको हो ।

१३ लाख ६० हजार दुई सय ७५ रुपैयाँको लागतमा उपल्लो अलैँचेका १९ घरमा नयाँ धारा निर्माण र १४ वटा पुराना धारा मर्मत गरिएको छ । यस खानेपानी योजनाअन्तर्गत ३४ घरधुरी लाभान्वित भएका छन् ।

२ हजार २ सय ७५ मिटर टाढा कोउँसराबाट पानी ल्याई मिटर प्रणालीमार्फत वितरण गरिएको छ । संघीय सरकारको लक्ष्य अनुसार नै नागरिकका घरघरमा पिउने पानीका सुविधा पुर्‍याउन गाउँपालिका निरन्तर जुटिरहेको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए ।

 

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ८ : २९ बजे

ओली लेखक पक्राउको विरोधमा अखिलद्वारा देशव्यापी प्रतिकारको आह्वान

काठमाडौं । आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री

लेखक पक्राउ बारे धारणा बनाउन कांग्रेस नेताहरु परामर्शमा

काठमाडौँ। पार्टीका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेको

बाढीले बगाएर एक कर्मचारीको मृत्यु, विपी राजमार्ग खुलाउने प्रयास

काभ्रेपलाञ्चोक । शुक्रबार साँझको बर्सातपछि रोशी खोलामा आएको बाढीले बगाएर

ओलीलाई त्रिवि शिक्षण अस्पतालको ‘रेड जोन’ को २७ नम्बर बेडमा राखियो

काठमाडौं । जरुरी पक्राउ पूर्जी थमाएर पक्राउ गरिएका पूर्वप्रधानमन्त्री एवं

१६औँ राष्ट्रिय भेटेरिनरी सम्मेलन (भेटकन २०२६) रुपन्देहीमा हुँदै

बुटवल । नेपालमा पशु स्वास्थ्य, प्रविधि तथा अनुसन्धानको समन्वित विकासलाई