२९ भदौ २०८३, सोमबार | September 14, 2026

सुर्य नेपाल वेस्टर्न अ‍ोपन हिमालयन गल्फ कोर्स पोखरामा हुने



काठमाडौ । सुर्य नेपाल गल्फ टुर २०२१र२२ अन्तर्गत सिजनको पाँचौं इभेन्ट सुर्य नेपाल वेस्टर्न अ‍ोपन हिमालयन गल्फ कोर्स, पोखरामा आयोजना हुनेभएको छ ।

प्रोफेसनल गल्फर्स संघ नेपालको आयोजना र सुर्य नेपाल प्रालिको प्रायोजनमा हुने प्रतियोगिता ३० मार्चदेखि १ अप्रिलसम्म हुनेछ ।

५४ होलको प्रतियोगितामा ३० व्यावसायिक र १५ एमेच्योर खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छन् । इभेन्टको अन्तिम दिन २ अप्रिल शनिबारप्रोएम इभेन्ट हुनेछ ।

नेपालभरका व्यावसायिक गल्फरले माछापुच्छ्रे शिखरको काखमा मनमोहक दृश्यसहितको गल्फ कोर्समा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको कुल पुरस्कार रकम ७ लाख ७५ हजार रुपैयाँ रहेको छ । विजेताले १ लाख ३५ हजार, उपविजेताले ८८ हजार तथा तेस्रोस्थान हासिल गर्नेले ६५ हजार प्राप्त गर्नेछन् । शीर्ष २१ व्यावसायिक खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

भुवन नगरकोटी, संजय लामा, धनबहादुर थापा र रामे मगर प्रतियोगिताका दावेदार हुन् । एमेच्योरतर्फ १३ अ‍ौं सागका दोहोरो स्वर्णविजेता सुभाष तामाङ र अजित विक उच्च लयमा छन् ।

हिमालयन गल्फ कोर्स प्रतियोगिता आयोजनाका लागि तयार अवस्थामा छ । पार ६९ को कोर्स १६ होलको रहेको छ र सुरुवाती २ होलदोहोरिने प्रावधान छ । यस कोर्सलाई विश्व प्रसिद्ध गल्फ डाइजेस्ट म्यागजिनले विश्वकै साहसिक कोर्समा समावेश गरेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ८ : ४० बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा