७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

कांग्रेसमा देउवा दबदबा



काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले गठबन्धन गर्ने निर्णय गरेको छ । चार दिन बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकबाट कांग्रेसले यस्तो निर्णय गरेको हो ।

बैठकले स्थानीय अवस्था र आवश्यकताका आधारमा अन्य दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । बहुसंख्याक स्थानीय तहमा कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई व्यापक बनाउन गठबन्धन गर्ने निर्णय भएको उनले जानकारी दिए ।

ुस्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सघन र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकताअनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ,ु प्रवक्ता महतले भने, ुस्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रक्रियाअनुरुप अगाडि बढाइने छ ।ु

तर उसले हाल कायम रहेको सत्ता गठबन्धनसँग मात्रै तालमेल गर्नेबारे भने मूर्तरुपमा केही निर्णय गरेको छैन । तर सत्ता गठबन्धन कायम रहेको अवस्थामा गठबन्धनमा रहेका दलहरुबीच तालमेल गरेर अघि बढ्ने स्पष्ट सन्देश कांग्रेसले दिएको छ । वामपन्थी पार्टीमा आएको विभाजनका कारण कांग्रेस बलियो अवस्थामा रहेको आकलनकाबीच उसले तालमेलको नीति लिएको हो ।

कांग्रेस बैठक सुरु भएदेखि नै गठबन्धनको बारेमा सर्वाधिक चासो रहेको थियो । नेता शेखर कोइराला समूहले कांग्रेस एक्लै चुनावमा जानु पर्ने बताउँदै आएका थिए भने देउवा पक्षकै कतिपय नेताहरुले गठबन्धनको बिरोध गरिरहेका थिए । सात मध्ये कांग्रेसका पाँच प्रदेश प्रमुखले समेत गठबन्धनको विपक्षमा भनाइ रहेका थिए । त्यसका बाबजुद पनि मंगलबार बिहानदेखिको छलफलपछि कांग्रेसले गठबन्धन गरेर चुनावमा जाने निर्णय गरेको हो ।

उसो त वर्तमान सत्ता गठबन्धनमा रहेका कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादीले चुनावी गठबन्धन गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

देउवा दबदबा

कांग्रेसको महाधिवेशनबाट दोस्रोपटक सभापतिमा विजयी भएका देउवा प्रतिनिधि सभामा पार्टीको कमजोर उपस्थितिका बाबजुद पनि प्रधानमन्त्री बनेका थिए । तत्कालीन नेकपामा आएको फुट र केपी शर्मा ओलीले दुई पटक गरेको संसद विघटनपछि विकास भएको राजनीतिक घटनाक्रमले गर्दा उनी प्रधानमन्त्री बन्न सफल भएका थिए । प्रधानमन्त्री भएसँगै पार्टीमा देउवा थप शक्तिशाली देखिएका हुन् ।

महाधिवेशनमा सभापतिको प्रतिस्पर्धामा रहँदा आफू पराजित भए कांग्रेसबाट प्रधानमन्त्री हट्ने भन्दै कार्यकर्तालाई कन्भिन्स गराएका देउवाले मंगलबार सकिएको केन्द्रीय समिति बैठकमा पनि नेताहरुलाई कन्भिन्स गराउन सफल भए । उनी पक्षीय नेताहरुले गठबन्धनको वकालत गरिरहँदा देउवाले गठबन्धनको विपक्षमा बोल्नेहरुलाई ुहप्काउनु समेत पछि परेनन् । उनले गठबन्धन नगरी चुनाव जितेर देखाउन चुनौती नै दिए । उनले अहिले गठबन्धन गर्ने निर्णय नगर्ने हो भने वामपन्थी पार्टीहरु मिल्ने खतरालाई जोड दिए ।

कांग्रेसका केन्द्रीय नेताहरुलाई यदी त्यस्तो भयो भने फेरि पाँच वर्ष स्थानीय सत्ता आफ्नो हातबाट गुम्ने भयमा पार्न देउवा सफल भए । आफू अनुकुलको निर्णय गराउनका लागि देउवाले कोइराला पक्षमा रहेका महामन्त्री गगन थापालाई घोषणापत्र लेख्न जिम्मेवारी दिए र गठबन्धनको पक्षमा माहोल बनाउन दबाब दिएका थिए ।

शक्तिकेन्द्रको त्रास

देउवाले आफूलाई प्रधानमन्त्री बनाएको गुन तिर्न खोजेको कतिपय कांग्रेस नेताहरुको भनाइलाई सही मान्ने हो भने देउवा जसरी पनि गठबन्धन गरेर अघि बढ्ने पक्षमा थिए । त्यसका लागि उनले सबैखालका अस्त्रहरुको प्रयोग गरे ।

गठबन्धनबाट प्रधानमन्त्री हुने बेलैमा चुनावी तालमेलबारे निर्णय भइसकेकोले अहिले बिवाद गर्नुको अर्थ नरहेको देउवाले स्पष्ट पार्न लगाए । साथै अन्तर्राष्ट्रिय शक्ति केन्द्रले वामपन्थी दललाई मिलाउन खोजिरहेको सूचना पाएको भन्दै देशका गृहमन्त्रीबाट धारणा सार्वजनिक भएसँगै कांग्रेस नेताहरुलाई तालमेलको पक्षमा लाग्न बल मिल्यो ।

जतिसुकै बिरोध भएपनि देउवाले आफू अनुकुलको निर्णय लागू गर्न सक्छन् भन्ने देउवाको पछिल्लो कदले देखिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ९ : ११ बजे

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते

सिन्धुपाल्चोक । जिल्लाको पिस्कर-५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन

शुद्ध नेपाली अर्गानिक चलचित्र हो ‘मनसरा’ : निर्देशक सुब्बा

बुटवल । जारी चलचित्रको सफलतापछि अभिनेतामा गनिएका उपेन्द्र सुब्बा एकाएक

बुटवलको एक होटलमा बाबुले गरे छोरीको हत्या

बुटवल । बुटवलको एक होटलमा बाबुले छोरीको हत्या गरेको छन