१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

आइपिएल : कोलकत्तालाई पराजित गर्दै बैंगलोर विजयी



काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकत्ता नाइट राइडर्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरले पहिलो जित दर्ता गरेको छ ।

बुधबार राति भएको खेलमा कोलकत्तालाई बैंगलोरले ३ विकेट हराएको हो। कोलकत्ताले दिएको १२९ रनको चुनौती बैंगलोरले १९ ओभर २ बलमा ७ विकेट गुमाएर पूरा गरेको हो ।

बैंगलोरको जितमा शेर्फान रुथरफोर्डले सर्वाधिक २८ बनाए। शाहबाज अहमेद २७, डेभिड विलि १८ र विराट कोहलीले १२ बनाउँदा दिनेश कार्तिक १४ र हर्सल पटेल १० रनमा अविजित रहे ।

कोलकत्ताका टिम साउथीले ३ र उमेश यादवले २ विकेट लिए । पहिले ब्याटिङ गरेको कोलकत्ता १८ ओभर ५ बलमा अलआउट भएको थियो ।

कोलकत्ताका आन्द्रे रसेल २५, उमेश यादवले १८, साम विलिङ्स १४, कप्तान श्रेयस एयर १३, सुनिल नारिने १२ रन बनाए । बैंगलोरका वानिन्दु हसरंगाले ४ विकेट लिए भने आकाश दीपले ३ र हर्सल पटेलले २ विकेट हात पारे ।

जितसँगै बैंगलोरले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा बैंगलोरलाई पन्जाब किङ्सले ५ विकेटले हराएको थियो । कोलकत्ताले पहिलो खेलमा चेन्नई सुपर किङसलाई ६ विकेटले हराएको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ७ : ०३ बजे

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा

दीपक भट्टका कम्पनीका संस्थापक सेयरधनीको विवरण माग्दै सम्पत्ति शुद्धीकरण विभाग

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट संलग्न

‘असंवैधानिक र असंवेदनशील’ ढंगले सुकुम्बासी बस्ती हटाउने कार्यप्रति विपक्षी दलहरूको कडा आपत्ति

काठमाडौं। विपक्षी दलहरूले सुकुम्बासी तथा अव्यवस्थित बस्ती हटाउने सरकारको कार्यलाई

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा । कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा

त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उच्च पदाधिकारीहरूले सामूहिक रूपमा राजीनामा दिएका