६ श्रावण २०८३, बुधबार | July 22, 2026

नेपाल प्रहरीमा भावी आईजीपी को ?



काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका तीन प्रहरी अधिकारीले बिहीबार फुली लगाए ।

सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई डीआईजीबाट एआईजीमा बढुवा गर्ने निर्णय गरेपछि उनीहरूले बिहीबार नै फुली लगाएका हुन् ।

बढुवा भएका प्रहरी अधिकारीले फुली लगाएसँगै प्रहरीमा ‘आगामी नेतृत्वमा को ?’ भन्ने चर्चा सुरु भइसकेको छ । अब प्रहरीको नयाँ नेतृत्वका लागि चार जना एआईजी प्रतिस्पर्धामा उत्रने निश्चित भएको हो ।

विश्वराज पोखरेल र सहकुलबहादुर थापा यसअघि नै एआईजीमा बढुवा भएका थिए । पोखरेल थापाभन्दा अघि २०७७ मंसिरमा नै एआईजी बनेका हुन् । थापा भने गत असारमा एआईजी भएका हुन् ।

बिहीबार तीन जनालाई सरकारले एआईजीमा बढुवा गरेसँगै सिंह र धानुक पनि भावी प्रहरी महानिरीक्षकका लागि सशक्त दाबेदार बनेका छन् । प्रहरी संगठनभित्र सिंहलाई व्यावसायिक प्रहरी अधिकारीका रूपमा मानिन्छ । प्रहरी नियमावलीमा एआईजीहरूमध्येबाट सरकारले चाहेको व्यक्तिलाई आईजीपीमा नियुक्त गर्न सक्ने प्रावधान छ ।

बिहीबार बढुवामा परेका मध्ये पन्त १९ वैशाखमा आईजीपी शैलेश थापा क्षत्रीसँगै अनिवार्य अवकाशमा जाँदा चार एआईजी मात्रै आईजीपीको दौडमा हुनेछन् भने सरकारको रोजाइमा परेका एआईजी नेपाल प्रहरीको भावी आईजीपी बन्नेछन् ।

नयाँ बन्ने आईजीपीले नै आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचन गराउनेछन् । सरकारले स्थानीय तहको निर्वाचन र आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनलाईसमेत ख्याल गरेर नयाँ आईजीपी बनाउनेछ ।

प्रहरी नियमावली २०७१ को नियम ४१ अनुसार एआईजीमध्येबाट सरकारले चाहेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक नियुक्त गर्न सक्नेछ ।

‘प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता र उत्तरदायित्व वहन गर्न सक्ने क्षमता भएको उम्मेदवारलाई बढुवा गर्नुपर्नेछ,’ नियमावलीमा भनिएको छ ‘नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई महानिरीक्षकमा बढुवा गर्नेछ ।’ आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ७ : ४५ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज