१४ चैत्र २०८२, शनिबार | March 28, 2026

एमबीबीएस प्रवेश परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ



काठमाडौं । एमबीबीएस अध्ययनका लागि लिने प्रवेश परीक्षा दिने नक्कली परीक्षार्थी भेटिएका छन् । काठमाडौं उपत्यकाका विभिन्न परीक्षा केन्द्रमा नक्कली परीक्षार्थी भेटिएका हुन् । उनीहरूलाई पक्राउ गरेर ल्याउने काम भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाका अनुसार काठमाडौं र भक्तपुर जिल्लाबाट पाँच जनाभन्दा बढी नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । ुहामीले पाँच जना भन्दा बढी नक्कली परीक्षा समाएका छौं । अहिले भेरिफाई गर्ने काम भइरहेको छ । पक्राउ परेकाहरूलाई महाशाखा ल्याउने काम पनि भइरहेको छ । केही समयमा यकिन तथ्यांक आउँछ,ु एसपी कोइरालाले भने ।

चिकित्सा शिक्षा आयोगले आजदेखि चिकित्सा अध्ययनका लागि प्रवेश परीक्षाको परीक्षा सञ्चालन गर्दै आएको छ । पक्राउ परेका मध्ये केही नक्कली परीक्षार्थी नै छन् भने केही परीक्षार्थी नै भएका तर, अर्का व्यक्तिलाई परीक्षा दिन लगाएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ । स्नातक तहको एकीकृत प्रवेश परीक्षा आज भोलि र पर्सि गरेर तीन दिन हुनेछ ।

स्नातक तहको एकीकृत प्रवेश परीक्षामा ३४ हजार ६६५ परीक्षाहरू सहभागी हुनेछन् । आज पहिलो दिन १९ हजार ५०८ जना परीक्षामा सहभागी भएका छन् । त्यसका लागि काठमाडौं उपत्यकाका तीन वटा जिल्लामा मात्र परीक्षा केन्द्र तोकिएका छन् । परीक्षाका लागि उपत्यकामा १११ परीक्षा केन्द्र तोकिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ६ : ४३ बजे

प्रधानमन्त्रीलाई शुभकामना दिँदै नेकपाले भन्यो – राजनीतिक पूर्वाग्रह गर्ने काम नहोस

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने

ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा

जनताले अनुभूति गर्नेगरी काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनताले

प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतका प्रधानमन्त्री तथा पाकिस्तान राष्ट्रपति