१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

कांग्रेस प्रवक्ता भन्छन् – भारत भ्रमणअघि प्रधानमन्त्रीले नबोलाएको भन्ने ओलीको आरोप झुट



काठमाडौं । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दलका नेताहरूसँग छलफल गर्न नचाहेको भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको आरोपको खण्डन गरेका छन् ।

देउवाले छलफल गर्न चाहेर बोलाएको तर ओलीसहितका विपक्षी दलका अन्य नेताहरू काठमाडौंबाहिर रहेकाले छलफल गर्न सम्भव नभएको उनले स्पष्ट पारे । उनले ओलीको आरोपलाई झुट भनेका छन् ।

‘ओलीजी झुटमाथि झुटको कुरा गर्न अग्रणी स्थानमा छन् । त्यस्तो झुटलाई चिर्न जुरुरी छ । उहाँले भारत भ्रमणमा देउवाजी जानुभयो, हामीसँग कुराकानी गर्नुभएन । फोनसमेन गर्नुभएन भनेर व्यापक प्रचार गर्नुभयो । त्यो सरासर झुट हो । सम्पूर्ण विपक्षी दलका नेताहरूलाई बोलाइएको तर सबै नेताहरू बाहिर रहेका कारण छलफल नभएको हो’, बागमती प्रदेश लोकतान्त्रिक खेलकुद संघले सनिवार आयोजना गरेको दोस्रो किसुनजी स्मृति राष्ट्रिय महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिता उद्घाटन गर्दै उनले भने ।

अध्यक्ष ओली जनतातिर फर्केर राष्ट्रियताको ठूला कुरा गर्ने र सम्बन्धित ठाउँमा चूँ नबोल्ने नेता भएको प्रवक्ता महतको आरोप छ । कांग्रेस भने सशक्त ढंगले सम्बन्धित ठाउँमा सुस्पष्ट ढंगले कुरा राख्ने पार्टी भएको दाबी गरे ।

भारत भ्रमणमा रहेका कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सीमासम्बन्धी सवाल उठान गर्ने र ढिलो चाँडो टुंगो लाग्ने बताए । फरक प्रसङ्गमा उनले किसुनजी अर्थात कृष्णप्रसाद भट्टराई निष्कलंक र सादा जीवन जीउने पूर्वप्रधानमन्त्री भएको भन्दै चर्चा गरे ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  १२ : १९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम