१४ असार २०८३, आइतबार | June 28, 2026

आइपिएल: गुजरात र राजस्थानको जित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार भएको खेलमा गुजरात टाइटन्स र राजस्थान रोयल्सले जित निकालेका छन् ।

गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गर्दै लगातार दोस्रो जित निकाल्यो । १७२ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ९ विकेट गुमाएर १५७ रनमा समेटियो ।

दिल्लीका कप्तान ऋषव पन्तले सर्वाधिक ४३ रन बनाए । ललित यादjले २५, रोभमन पावेलले २० बनाए । गुजरातको जितमा लोक्की फर्गुसनले ४ तथा मोहमद शामीले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाएकाे थियाे । उसका शुभम गिलले सर्वाधिक ८४ रन बनाए । डेबिड मिलरले अविजित २०, हार्दिक पाण्डेयले ३१, विजय शंकरले १३ रन बनाए ।

अर्को खेलमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई २३ रनले पराजित गरेकाे छ । १९४ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १७० रन मात्र बनायो ।

मुम्बईका तिलक बर्माले सर्वाधिक ६१ रन बनाए । इशान किसनले ५४ रनको योगदान गरे । राजस्थानको जितमा युज्भेन्द्र चाहाल र नभदीप शैनीले समान २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १९३ रन बनायो । राजस्थानका जोस बट्लरले १०० रन बनाए । सिमरन हिटमायरले ३५ र कप्तान सन्जु सामसनले ३० रनको योगदान गरे ।

मुम्बईका जस्प्रित बुम्रा र त्यामल मिल्सले समान समान ३ विकेट लिए ।

 

 

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ७ : ५६ बजे

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै

काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

ओली, प्रचण्ड, माधवले आज एउटै मञ्चबाट भाषण गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली