४ पुस २०८२, शुक्रबार | December 20, 2025

जुम्लामा गुडिरहेको ट्रयाक्टरबाट खसेर एक युवकको मृत्यु



काठमाडौं । जुम्लाको सिँजा गाउँपालिका–३ स्थित नराकोटमा शनिबार साँझ गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जुम्लाकै चन्दननाथ नगरपालिका–७ का २२ वर्षीय सन्तोष नेपाली रहेका छन् ।

ट्रयाक्टरबाट खसेर गम्भीर घाइते भएका नेपालीको उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गएराती ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिँजाबाट जुम्ला बजारतर्फ आउँदै गरेको भे २ त १०४४ नम्बरको ट्याक्टरमा सवार नेपाली हिजो साँझ ६ बजे सोही ट्रयाक्टरबाट खसेका थिए ।

ट्रयाक्टर सहित चालकलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ११ : ०३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको