१४ असार २०८३, आइतबार | June 28, 2026

१६ औ मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड : सोमबार उपाधि भिडन्त



बुटवल । बुटवलमा जारी १६ औ मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८ को उपाधिका लागि वडा नं ८ र वडा नं १७ बीच खेल हुने भएको छ । शनिबार भएको दोस्रो सेमीफाईनल खेलमा वडा नं ८ ले वडा नं ७ लाई २–० गोल अन्तरले पराजित गर्दै फाईनल भिडन्त पक्का गरेको हो ।

बुटवल उपमहानगरपालिकाको सहयोग तथा राष्ट्रिय युवा संघ नेपाल उपमहानगरपालिकाको आयोजनामा सिद्धेश्वर खेलमैदानमा भएको खेलमा वडा नं ८ का लोक पुन नायक रहे । उनले खेलको ४३ औ मिनेटमा शानदार गोल गर्दै टिमलाई अग्रता दिलाए । यसैगरी खेलको ५७ औ मिनेटमा प्रबिन थापाले दोस्रो गोल गरे । खेलमा वडा नं ८ का लोक पुन म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

प्रतियोगिताको उपाधि विजेताले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष सुदर्शन खाम्चाले बताए । यसैगरि विद्यागत रुपमा समेत खेलाडीहरुलाई पुरस्कृत गरिने छ । फाईनल खेल सोमबार हुने प्रचारप्रसार संयोजक गणेश बोहराले बताए ।

 

 

 

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ४ : ३५ बजे

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै

काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

ओली, प्रचण्ड, माधवले आज एउटै मञ्चबाट भाषण गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली