१० माघ २०८२, शनिबार | January 25, 2026

भैरहवा सेजमा माग भन्दा धेरैको आवेदन, सात अर्ब लगानी थपिने



भैरहवा । रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा मागभन्दा बढीले आवेदन दिएका छन् ।

केही वर्षदेखि खाली रहेका सेजको प्लटका लागि प्राधिकरणले प्रस्ताव आह्वान गरेको थियो । ४५ प्लटमा उद्योग सञ्चालनका लागि १५ फागुनदेखि प्रस्ताव आह्वान गरिएकोमा ५५ वटा प्लटका लागि आवेदन आएको छ ।

सेज प्राधिकरणका कार्यकारी निर्देशक चण्डिका भट्टले मागभन्दा बढी उद्योगीले अहिले उद्योग स्थापनाका लागि चासो दिएको बताए । अहिले प्रावधान सहज बनाएकोले उद्योगीको आकर्षण बढेको उनको दाबी छ ।

‘६८ वटा प्लटमध्ये खाली प्लटका लागि आवेदन माग गरेकोमा आह्वान भन्दा बढीले प्रस्ताव आवेदन दिएका छन । यो अहिले सम्मकै उत्साहजनक आवेदन हो,’ उनले भने ।

सेजमा सात उद्योग सञ्चालनमा छन् । ५५ उद्योगले ७ अर्ब बराबरको लगानी र करिब २२ हजार जनालाई रोजगारी दिने प्रस्तावसहित आवेदन दिएका हुन् । हाल आवेदनमा परेका उद्योगले सेजमा उत्पादन गर्दा वार्षिक १० अर्बको हुने अनुमान छ । निवेदनमध्ये ४५ वटा उद्योगले मात्रै लगानी र निकासीको अवस्थालाई हेरेर अनुमति पाउनेछन् ।

प्रावधान संशोधन हुने तयारी भएपछि सेजमा उद्योगीको आर्कषण बढेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले बताए । भाडादर, निर्यात सिलिङ लगायत विषयमा संशोधन गर्ने तयारी र भाडामा लिने व्यवसायीले पहिलो वर्ष भाडामा ५० प्रतिशत छुट पाउने भएपछि आकर्षण बढेको हो । निर्यातलाई बढाई व्यापार घाटा कम गर्ने उद्देश्यका साथ संचालनमा ल्याइएको विशेष आर्थिक क्षेत्र (सेज) अनुसार अहिले माग भएर आएका आवेदनमा १ अर्ब २५ करोड लगानी गर्ने प्रस्ताव बिएण्डपी म्यानुफ्याक्चरिङले गरेको छ ।

सूर्य रंग हाउस प्रालिले १२ करोड लगानी प्रस्ताव गरेको छ। यसका अलावा स्टिल, ढुंगाका मूर्ति बनाउने स्टोन उद्योग, प्लाष्टिक उद्योगहरुले पनि प्रस्ताव दिएका छन् ।

रुपन्देहीको रोहिणी गाउपलिका-१ वगहामा अवस्थित सेजमा ७ वटा उद्योग सञ्चालनमा छन्, केही उद्योगले विगत चार वर्षदेखि निर्यात पनि गरिरहेका छन् ।

सेज परिसरमा हाल ब्रिलिएन्ट एलइडी, शक्ति मिनरल, विस्तार कम्पनि, पंचकन्या उद्योग, जय बुद्ध र एस पोलिमरले उत्पादन गरिरहेका छन् । सुरुवाती चरणमा उत्पादनको ७५ प्रतिशत निर्यात गर्नुपर्ने प्रावधान रहेकोथियो भने अहिले घटाएर हाल घटाएर ६० प्रतिशत छ ।

विशेष आर्थिक क्षेत्रमा विशेषगरी वातावरणलाई असर नगर्ने खाद्य उद्योग तथा कृषि जन्य उद्योग, हर्वल प्रोडक्ट, छालाका बस्तु, तयारी पोशाक, गलैचा तथा उनि समान, पश्मिना तथा रेशम, हातेकागजका बस्तु गरि १७ किसिमका उद्योगहरु सेजमा रहने व्यवस्था छ । ५२ बिगाहामा फैलिएको सेजमा ६८ वटा प्लट रहेको छ ।

विशेष आर्थिक क्षेत्र भैरहवाको कम्पयुटर अपरेटर निरा भट्टराईका अनुसार सबस्टेशन बनाउन टेण्डर आह्वान, एकद्वार अन्तर्गत भन्सारको काम प्रक्रियामा छ, भने परिसरमा हाल बैंक, बिमा, हुलाक लगायतका सेवा कार्यालय छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ११ : ५४ बजे

नेपालको विकास प्रयासमा जापानी सहयोग निरन्तर रहन्छ : जापानी राजदूत माएदा

काठमाडौँ । नेपालका लागि जापानी राजदूत तोरु माएदाले नेपालको विकास

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य : डा सिके राउत

सप्तरी । जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको

‘स्वर्गिय सुशिल कोईरालाको क्षेत्रलाई यसपटक फर्काउँछौं’ : उम्मेदवार कोईराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा नेता सुधान्सु कोइरालाले संविधानका पिता,

मधेसको मुद्दालाई संसद्मा फरक ढङ्गले उठान गर्न सर्लाहीबाट उम्मेदवार बनेँ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा