६ पुस २०८२, आइतबार | December 21, 2025

स्थानीय तह निर्वाचन : दलहरुलाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन (पूर्णपाठ)



काठमाडौं । निर्वाचन आयोगले स्थानीय निर्वाचनलाई लक्षित गर्दै दलहरूलाई ६० बुँदे निर्देशन दिएको छ । स्थानीय आयोगले दलहरूसँग मंगलबार गरेको छलफलका क्रममा निर्वाचन आचारसंहिता कार्यान्वयनमा प्रतिबद्धता माग्दै ६० बुँदे निर्देशन दिएको हो ।

निर्वाचनलाई, स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउनका लागि निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७८ एवम् निर्वाचन सम्बन्धी प्रचलित कानूनमा भएका व्यवस्था कार्यान्वयन र परिपालना गर्न आयोगमा दर्ता भएका दलहरूलाई आयोगले निर्देशन दिएको जनाएको छ ।

निर्देशनमा चुनाव प्रचारप्रसारका लागि समय समेत तोकिएको छ । सार्वजनिक प्रचार कार्यक्रम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै गर्न पाइने निर्देशनमा उल्लेख गरिएको छ । ‘जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचार प्रसारको कार्यक्रम गर्दा विहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्ने’, आयोगको निर्देशनमा भनिएको छ । सार्वजनिक स्थानमा सभा गर्दा सभा गर्नुपूर्व अनुमति लिनु पर्ने समेत निर्देशनमा लेखिएको छ ।

आयोगले जुलुस, आमसभा वा प्रचार प्रसार गर्दा दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, व्याच, मास्क वा लकेट लगाउन वा बोक्न नपाइने उल्लेख गरेको छ ।

आचारसंहिता कार्यान्वयनका सम्बन्धमा आयोगले दर्ता भएका दलहरुलाई छलफलका लागि बोलाएकोमा बैठकमा उपस्थित साना दलका प्रतिनिधिहरुले आयोगका पदाधिकारी विरुद्ध जाईलाग्ने गरि होहल्ला गरेपछि एमाले सहित कतिपय दलहरुले आचारसंहिता पालना गर्ने प्रतिबद्धतामा समेत हस्ताक्षर नगरि फर्केका थिए ।
निर्देशनको पूर्णपाठ :

[pdf-embedder url=”https://www.khabarkura.com/wp-content/uploads/2022/04/Press-Release-2078-12-22.pdf” title=”Press Release 2078-12-22″]

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ६ : १५ बजे

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा