२५ असार २०८३, बिहिबार | July 10, 2026

सरकारसँग भएको सम्झौता कार्यान्वयन हुनुपर्छ, उधारो आश्वासन मान्दैनौँ : महन्थ ठाकुर



नवलपरासी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । ठाकुरले उधारो आश्वासन नमान्ने भन्दै नगदमै कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित पाल्हीनन्दन–५ गेरमीमा पार्टीको जिल्ला समितिले आज आयोजना गरेको जनसभामा उनले भने, “हाम्रा माग सम्बोधनका लागि सबै प्रधानमन्त्रीसँग सम्झौता भएको छ, वर्तमान सरकारसँग पनि सम्झौता कार्यान्वयनका लागि कुरा भइरहेको छ, सकारात्मक जवाफको प्रतीक्षामा छौँ, उधारो आश्वासन मान्दैनौँ ।”

मधेस आन्दोलनका क्रममा धेरै कार्यकर्तालाई झुटा मुद्दा लगाइएको भन्दै उनले भने, “ओली प्रधानमन्त्री हुँदा १३९ जना रिहा भएका थिए, बाँकीलाई पनि विनाशर्त रिहा गर्नुपर्छ, सम्झौता कार्यान्वयन नभएसम्म सङ्घर्ष जारी रहन्छ ।” नेता ठाकुरले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको भन्दै असन्तुष्टि जनाए । नागरिकता नहुँदा मधेसका हजारौँ नागरिकले समस्या भोगिरहेकाको भन्दै नागरिकता विधेयक छिटो अघि बढाउन उनले माग गरे । वरिष्ठ नेता राजेन्द्र महतोले मधेस र मधेसी नागरिकमाथि अझै पनि भेदभाव रहेको जिकिर गरे । मधेसका अधिकार प्राप्त नभएसम्म सङ्घर्ष जारी राख्नुको विकल्प नभएको उनले बताए ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ८ : ४१ बजे

गण्डकी प्रदेशमा गाँजा खेती गर्ने बाटो खुल्ला, प्रदेशसभाबाट गाँजाखेतीसम्बन्धी विधेयक पारित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका

मुख्यसचिव सुमनराज अर्यालको बिदाइ, गोविन्दबहादुर कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौं । सेवानिवृत्त हुन लागेका मुख्यसचिव सुमनराज अर्यालको बिदाइ तथा

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट