६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

बुटवलमा २५ र २६ गते खुल्ला डबल्स मेन्स ब्याडमिन्टन प्रतियोगिता हुँदै



बुटवल । दोस्रो राष्ट्रिय बि लेभल खुल्ला ब्याडमिन्टन प्रतियोगिता चैत २५ र २६ गते हुने भएको छ ।

धनमुडा चौर समाज बुटवलको आयोजनामा देविनगरमा रहेको ओलि कबर्ड हलमा हुने प्रतियोगिताको सबै तयारी पूरा भएको बुधबार बुटवलमा पत्रकार सम्मेलन गरि समाजका अध्यक्ष देव थापाले बताए ।

पहिलो संस्करण सफलतापुर्वक सम्पन्न गरेको भन्दै उनले यसवर्ष पुरस्कार राशी पनि बढाएको बताए । प्रतियोगितामा मेन्स डबल्सको प्रथम टिमलाई नगद ६० हजार ५ सय ५५ रुपैया, कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। यसैगरि द्घितिय टिमलाई नगद ४० हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यसैगरि तृतिय टिमलाई नगद २० हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि उत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय ५५ रुपैया, मेडल, प्रममणपत्रबाट पुरस्कृत गरिने नारायण पौडेलले बताए । दुई दिनसम्म संचालन हुने प्रतियोगितामा ६ लाख रुपैया खर्च हुने उनले बताए । प्रतियोगिता सम्पन्न पछि बचेको रकमबाट सामाजिक क्षेत्रमा लगाईने उनले बताए । विरामीहरुलाई सेवा दिने उदेश्यसहित एम्बुलेन्स सेवा संचालन गर्ने उनले बताए । देशभर कोभिडको विषम परिस्थितिमा समेत समाजबाट सचेतना तथा स्वस्थ्य सामग्री वितरण गरेको उनले बताए । देशभरका विभिन्न जिल्लाबाट एक सय टिमले भाग लिने उनले बताए । गतवर्ष ६५ टिमले भाग लिएको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ४ : ३४ बजे

बुटवलको झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, अन्य २ जना घाइते

बुटवल । बुटवलको झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको

बैंगलुरु आइपिएलको प्लेअफमा प्रवेश

काठमाडौं । चेन्नइ सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलुरु

संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ

आजको मौसम : देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु