२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

बुटवलमा २५ र २६ गते खुल्ला डबल्स मेन्स ब्याडमिन्टन प्रतियोगिता हुँदै



बुटवल । दोस्रो राष्ट्रिय बि लेभल खुल्ला ब्याडमिन्टन प्रतियोगिता चैत २५ र २६ गते हुने भएको छ ।

धनमुडा चौर समाज बुटवलको आयोजनामा देविनगरमा रहेको ओलि कबर्ड हलमा हुने प्रतियोगिताको सबै तयारी पूरा भएको बुधबार बुटवलमा पत्रकार सम्मेलन गरि समाजका अध्यक्ष देव थापाले बताए ।

पहिलो संस्करण सफलतापुर्वक सम्पन्न गरेको भन्दै उनले यसवर्ष पुरस्कार राशी पनि बढाएको बताए । प्रतियोगितामा मेन्स डबल्सको प्रथम टिमलाई नगद ६० हजार ५ सय ५५ रुपैया, कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। यसैगरि द्घितिय टिमलाई नगद ४० हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यसैगरि तृतिय टिमलाई नगद २० हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि उत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय ५५ रुपैया, मेडल, प्रममणपत्रबाट पुरस्कृत गरिने नारायण पौडेलले बताए । दुई दिनसम्म संचालन हुने प्रतियोगितामा ६ लाख रुपैया खर्च हुने उनले बताए । प्रतियोगिता सम्पन्न पछि बचेको रकमबाट सामाजिक क्षेत्रमा लगाईने उनले बताए । विरामीहरुलाई सेवा दिने उदेश्यसहित एम्बुलेन्स सेवा संचालन गर्ने उनले बताए । देशभर कोभिडको विषम परिस्थितिमा समेत समाजबाट सचेतना तथा स्वस्थ्य सामग्री वितरण गरेको उनले बताए । देशभरका विभिन्न जिल्लाबाट एक सय टिमले भाग लिने उनले बताए । गतवर्ष ६५ टिमले भाग लिएको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ४ : ३४ बजे

चर्चित भारतीय अभिनेता नाना पाटेकरको हृदयाघातका कारण ७५ वर्षको उमेरमा निधन

काठमाडौं । चर्चित भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा

आज विश्व दृष्टि दिवस

काठमाडौं । ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका

आइसिसीको मान्यताका पर्खाइमा क्यान र एनपिएल टोली

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल

धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि…

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका-५ छिस्वाङ खहरेका वीरबहादुर पुन आफ्नो

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

दमौली । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा