१ आश्विन २०८३, बिहिबार | September 17, 2026

आइपिएल : कोलकत्तासँग मुम्बई स्तब्ध



काठमाडौं । मुम्बई इण्डियन्सलाई ५ विकेटले हराउँदै कोलकत्ता नाइट राइडरर्स इन्डियन प्रिमियर लिग (आइपिएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार राति पुनेमा मुम्बईले दिएको १६२ रनको लक्ष्य कोलकत्ताले १६ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।

कोलकत्ताको जितमा पाट कुमिन्सले बिस्फोटक ब्याटिङ गर्दै १५ बलमा अविजित रहेर ५६ रन बनाए । जुन आइपिएल इतिहासकै सर्वाधिक छिटो अर्धशतक बराबरी हो । यसअघि लोकेश राहुलले २०१८ मा १४ बलमै पन्जाब किंग्सबाट दिल्लीविरुद्ध प्रहार गरेका थिए । त्यस्तै, भेन्काटेस आयरले ५० रनको योगदान गरे ।

मुम्बईका मुरुगान आश्विन र ट्यामल मिल्सले २-२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १६१ रनको योगफल तयार पारेको थियो ।मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ५२ रन बनाए । युवा ब्याटर तिलक बर्मा ३८ रनमा अविजित रहे ।

कोलकत्ताका पाट कुमिन्सले सर्वाधिक २ विकेट लिए । उमेश यादव र बरुण चक्रवर्तीले १-१ विकेट लिए ।

जितसँगै कोलकत्ताले ४ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । लगातार तेस्रो हारसँगै मुम्बईले अंक जोड्न सकेको छैन ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ७ : १६ बजे

ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई

शेखर कोइराला मध्यमार्गी धारमै रहने, दुवै महाधिवेशनमा सहभागी नहुने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला मध्यमार्गी धारमै

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा । दुईदशकअघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

संस्थापन कांग्रेस बैठकमा निवर्तमान पदाधिकारी तथा सदस्यहरू सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिमा