३ पुस २०८२, बिहिबार | December 18, 2025

पाल्पामा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल



पाल्पा । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाल्पामा पाँच दलबीच चुनावी गठबन्धन गरिएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा तथा जनता समाजवादी पार्टीबीच चुनावी तालमेल हुने भएको हो ।

बुधबार संयन्त्रको बैठकले आगामी निर्वाचनमा जिल्लाका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेको हो । चुनावी तालमेलका सम्बन्धमा पाल्पा कांग्रेसका सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा संयन्त्र निर्माण गरिएको छ । त्यसको सदस्यमा माओवादी केन्द्रका संयोजक नेत्रप्रसाद पाण्डे, एकीकृत समाजवादीका अध्यक्ष खिमानन्द पाण्डे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी र जनता समाजवादीका मेयरमान राना रहेको संयन्त्रका संयोजक श्रेष्ठले बताए ।

संयन्त्रले गठबन्धन दलबीच आवश्यक छलफल, परामर्श गरी स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाउनेछ । गठबन्धनमा सहभागी दलबाट तीन÷तीन जना सहभागी हुने गरी एक कार्यदल गठन गर्ने निर्णय भएको एककिृत समाजवादीका जिल्ला अध्यक्ष पाण्डेले बताए । स्थानीय तह र वडाबाट सङ्कलन भएका प्रतिवेदनका आधारमा जिल्लास्तरीय संयन्त्रको बैठकबाट उम्मेदवार चयन हुने राष्ट्रिय जनमोर्चाका अध्यक्ष दर्लामीले बताउनुभयो । कार्यदलको बैठक पुनः यही चैत २५ गते बसेर उम्मेदवार तय गर्ने संयन्त्रले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  १० : ३५ बजे

एमाले ११ औँ महाधिवेशन : सकियो मतदान, २२ सय २७ मत खस्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय

निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको