३ पुस २०८२, बिहिबार | December 18, 2025

यी हुन् सरकारले सिफारिस गरेका २० राजदूत



काठमाडौं । सरकारले २० देशमा रिक्त रहेको राजदूत नियुक्ति गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

स्थानीय तहका लागि निर्वाचन आयोगले आचार संहिता लागू गर्ने तयारी गरिरहँदा आज बसेको मन्त्रिपरिषद् बैठकले नियुक्तिको निर्णय गरेको हो ।

सरकारले सिफारिस गरेका राजदूतहरुको संसदीय सुनुवाइ सकिएपछि राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था रहेको छ ।

सरकारले आज सिफारिस गरेकाहरु मध्य राजनीतिक दलबाट सिफारिस भएकाहरुमध्य नवराज सुवेदी (साउदी), डा.रामस्वार्थ राय यादव (डेनमार्क), ज्योति प्याकुरेल (दक्षिण कोरिया), कान्ता रिजाल (इजरायल), डिल्लीराज पौडेल (मलेसिया), कैलाश पोखरेल (अष्ट्रलिया), मिलन तुलाधर (रुस), शर्मिला पराजुल ढकाल (स्मेन), वासुदेव मिश्र (श्रीलंका), दानबहादुर तामाङ (दक्षिण अफ्रिका) र विष्णुपुकार श्रेष्ठ (चीन) रहेका छन् । भने परराष्ट्र सेवाबाट दुर्गाबहादुर सुवेदी (जापान), निर्मलराज काफ्ले (ब्राजील), भरतकुमार रेग्मी (अष्ट्रिया), सुशीलकुमार लम्साल (इजिप्ट), डोरनाथ अर्याल, तीर्थराज वाग्ले, हरिषचन्द्र घिमिरे र घनश्याम बन्जाडे(बंगलादेश) राजदूत नियुक्तिका लागि सिफारिस भएका छन् ।

 

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ९ : ३३ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका