१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

यी हुन् सरकारले सिफारिस गरेका २० राजदूत



काठमाडौं । सरकारले २० देशमा रिक्त रहेको राजदूत नियुक्ति गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

स्थानीय तहका लागि निर्वाचन आयोगले आचार संहिता लागू गर्ने तयारी गरिरहँदा आज बसेको मन्त्रिपरिषद् बैठकले नियुक्तिको निर्णय गरेको हो ।

सरकारले सिफारिस गरेका राजदूतहरुको संसदीय सुनुवाइ सकिएपछि राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था रहेको छ ।

सरकारले आज सिफारिस गरेकाहरु मध्य राजनीतिक दलबाट सिफारिस भएकाहरुमध्य नवराज सुवेदी (साउदी), डा.रामस्वार्थ राय यादव (डेनमार्क), ज्योति प्याकुरेल (दक्षिण कोरिया), कान्ता रिजाल (इजरायल), डिल्लीराज पौडेल (मलेसिया), कैलाश पोखरेल (अष्ट्रलिया), मिलन तुलाधर (रुस), शर्मिला पराजुल ढकाल (स्मेन), वासुदेव मिश्र (श्रीलंका), दानबहादुर तामाङ (दक्षिण अफ्रिका) र विष्णुपुकार श्रेष्ठ (चीन) रहेका छन् । भने परराष्ट्र सेवाबाट दुर्गाबहादुर सुवेदी (जापान), निर्मलराज काफ्ले (ब्राजील), भरतकुमार रेग्मी (अष्ट्रिया), सुशीलकुमार लम्साल (इजिप्ट), डोरनाथ अर्याल, तीर्थराज वाग्ले, हरिषचन्द्र घिमिरे र घनश्याम बन्जाडे(बंगलादेश) राजदूत नियुक्तिका लागि सिफारिस भएका छन् ।

 

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ९ : ३३ बजे

सुनको मूल्य ४ हजार ६ सयले घट्यो, चाँदीको मूल्यमा पनि सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको

रास्वपाद्वारा १० मन्त्रीको टुंगो, गृहमन्त्री बन्नेभए सुदन गुरुङ

काठमाडौं । अन्ततः बालेन्द्र शाहको अडान र सुदन गुरुङको दबाबबाट

बालेन्द्र शाह ४३औँ प्रधानमन्त्री नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं संसदीय

माइन, मिसाइल र लामो समुद्री तट : हर्मुज जलडमरूमा इरानको बलियो पकड

पश्चिम एशियाको हर्मुज जलडमरु लगभग चार हप्तादेखि प्रभावकारी रूपमा बन्द

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी । मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका