६ पुस २०८२, आइतबार | December 21, 2025

नेपाल बारमा गठबन्धन प्यानल विजयी



नेपाल बारमा गठबन्धन प्यानल विजयी

काठमाडौं । नेपाल बार एसोसिएसनको नेतृत्वमा सत्तारुढ पाँच दलीय गठबन्धननिकट प्यानल नै विजयी भएको छ ।

२५ सदस्यीय कार्यसमितिका लागि १९ चैतमा बारको महाधिवेशनमा भएको निर्वाचनको सार्वजनिक मतपरिणाम अनुसार गठबन्धननिकट कानुन व्यवसायीहरूको संयुक्त प्यानल नै विजयी भएको हो ।

कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्षसमेत गोपालकृष्ण घिमिरेसहित संयुक्त प्यानल नै निर्वाचित भएको हो । सबै पदमा गठबन्धननिकट उम्मेदवारहरू विजयी भएका हुन् ।

एमालेनिकट प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका उम्मेदवार विष्णुमणि अधिकारीलाई दुई हजार ५२ मतले उछिन्दै घिमिरे अध्यक्षमा निर्वाचित भएको हुन् ।

घिमिरेले चार हजार चार सय ७४ मत पाएर विजयी हुँदा अधिकारीले दुई हजार चार सय २२ मत ल्याएर पराजित भए ।

घिमिरे प्यानलबाटै महासचिवमा अञ्जिता खनालले तीन हजार ६ सय ८२ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी अधिकारी समूहका केदारप्रसाद कोइरालाले दुई हजार नौ सय ८९ मत ल्याए ।

कोषाध्यक्षमा घिमिरे समूहका भरतबहादुर राउत विजयी भएका छन् । अन्य पदाधिकारी र सदस्यहरूमा पनि घिमिरे समूहकै उम्मेदवारहरूले जित हासिल गरेका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ४ : ५० बजे

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम