२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती



काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल आकार पौने ७६ खर्ब रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार, डिसेम्बर १६ सम्ममा निक्षेपको आकार ७५ खर्ब ७५ अर्ब रुपैयाँ कायम भएको छ । डिसेम्बर १२ मा ७५ खर्ब ७० अर्ब रहेको निक्षेप चार दिनमै ५ अर्ब रुपैयाँले बढेको हो ।

निक्षेप निरन्तर वृद्धि हुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा कठिनाइ भइरहेको छ । सोही अवधिमा बैंकहरूले कुल ५६ खर्ब ७५ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् । यसले गर्दा बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७४.०७ प्रतिशतमा झरेको छ र प्रणालीमा १२ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य तरलता थुप्रिएको छ ।

कर्जाको माग कमजोर रहेकाले केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोलको माध्यमबाट निरन्तर तरलता प्रशोचन गर्दै आएको छ । यसै क्रममा आइतबार थप २० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले ८४ दिन अवधिको लागि २० अर्ब रुपैयाँको निक्षेप संकलन बोलकबोल आयोजना गर्दैछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो २ बजेसम्म बोलपत्र पेस गर्न सक्नेछन् ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ११ : ४९ बजे

कालीगण्डकी करिडोर : कैकुखोलामा पक्की पुल निर्माण

म्याग्दी । बेनी-जोमसोम-कोरला सडकअन्तर्गत कैकुखोलामा मोटर सञ्चालन गर्न मिल्ने पक्की

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

भरतपुर । सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ

पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण