१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

होटल पौवाले लुम्बिनी प्रदेशको तीन ठाँउमा ‘न्यू ईयर ईभ’ गर्दै



बुटवल । नेपाली हस्पिटालिटीको मोडेल दाबी गर्दै आएको होटल पौवाले नेपाली नयाँ वर्षलाई इभका रुपमा मनाउने भएको छ ।

चैत्र ३० गते पौवाका ३ वटा शाखामा एक साथ सांगीतिक कार्यक्रम गरेर नेपाली ‘न्यू ईयर ईभ’ मनाउने तयारी गरिएको पौवा ग्रुपले जनाएको छ ।

पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीका अनुसार पौवाका संचालनमा रहेका १२ वटा शाखा मध्य ३ वटा शाखामा न्यु ईयर ईभ कार्यक्रम संचालन हुने छ । लुम्बिनी प्रदेशको राजधानी भालुवाङ तथा रुपन्देहीको बुटवल र भैरहवामा विशेष कार्यक्रम गरी नयाँ वर्ष २०७९ लाई स्वागत गरिने प्रबन्ध निर्देशक ज्ञवालीले बताए ।

चैत्र ३० गते साँझ आयोजना गरिएको कार्यक्रम अन्तर्गत भालुवाङमा थारु संस्कृतिमा आधारित सांगीतिक कार्यक्रमबाट कार्यक्रमको थालनी गर्ने तथा बुटवल र भैरहवामा नौमती बाजा र भोजपुरी संगीतबाट कार्यक्रमको आरम्भ गरिने पौवाका ब्राण्ड प्रमुख विष्णु भण्डारीले बताए । भण्डारीका अनुसार चैत्र ३० गतेको साँझलाई भालुवाङमा पशुपति शर्मा, अस्मिता डल्लाकोटी, सुमन परियार लगायतका कलाकारहरुले मनोरञ्जन प्रदान गर्ने छन् भने बुटवलमा निशान भट्टराई, बालिका प्रधान, विशाल राईका साथ भ्वाईस द ब्याकप ब्याण्डको प्रस्तुती रहने छ । त्यसैगरी भैरहवामा राजनराज शिवाकोटी, मिलन नेवार, भानुभक्त ढकाल, नेपाल आइडलका आइडल भुपेन्द्र थापा मगरको उपस्थिति रहने छ ।

कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको ब्राण्ड प्रमुख भण्डारीले बताए । ‘५० रुपैयाँ देखि विविध प्रकारका खाजा र खानाको व्यवस्था गरिएको छ’, भण्डारीले भने, ‘कार्यक्रम हेर्न आउने आमन्त्रितहरुलाई निमन्त्रणा कार्ड साथमा लिएर आउन आग्रह छ ।’

‘पछिल्लो समय अङ्ग्रेजी नयाँ वर्षलाई नेपालमा महत्व दिन थालिएपनि पौवाले नेपालीहरुले वर्षौंदेखि मनाउँदै आएको चैत्र मसान्तमा पुरानो साललाई विदाई र नयाँ सालको स्वागत गर्ने गरि कार्यक्रम तय गरिएको छ,’ पौवाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्थापनकालदेखि नै नेपाली हस्पिटालिटी दिने उद्घोष गर्दै पौवाका हरेक शाखाहरुमा नेपाली स्वाद, नेपालीपनको मनैदेखिको सत्कार, नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्ने कार्यक्रमहरु हुँदै आएका छन् ।

विज्ञप्तिमा लेखिएको छ, ‘अन्तरराष्ट्रिय जगतमा समेत ख्याति कमाएको नेपाली सत्कारलाई ब्राण्डिङ गर्दै पौवाका हरेक शाखामा नेपाल र नेपाली पहिचान दिने सेवालाई थप समृद्ध बनाउने उद्देश्यका साथ पौवाले आफ्नो अभियानलाई अघि बढाइरहेको छ ।’

स्थापनाको ६ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा होटल पौवाको पहुँच पुगेको प्रबन्ध निर्देशक ज्ञवालीले बताए । ज्ञवालीका अनुसार हाल सम्म पौवाले कर्णाली प्रदेशको जुम्ला र सुद्रपश्चिम प्रदेशको धनगढीमा आफ्नो सेवा दिइरहेको छ भने लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ, दाङकै लमही र घोराही, रुपन्देहीको भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गामा पौवाले समानस्तरको आतिथ्य प्रदान गरेको छ ।

चैत्र महिनादेखि गण्डकी प्रदेशको राजधानी पोखरा र बागमती प्रदेशको चितवन टाँडीमा पनि सेवा दिन सुरु गरिएको ज्ञवालीले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  १० : २१ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम