१० पुस २०८२, बिहिबार | December 25, 2025

राष्ट्रपति भण्डारीद्वारा सेतो मच्छेन्द्रनाथको दर्शन एवं पूजा आराधना



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी गएराति १० बजे असन पुगी सेतो मच्छेन्द्रनाथको रथको पूजा आराधना गरी प्रसाद ग्रहण गरेकी छन् ।

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन दरबारमार्गस्थित तीनधारा पाठशालाअघिबाट सेतो मच्छेन्द्रनाथको रथ तानी असन ल्याएको राति राष्ट्राध्यक्षले पूजा, आराधना एवं दर्शन गर्ने परम्परा छ ।

असनमा पूजा आराधना एवं दर्शनपछि राष्ट्राध्यक्षले प्रसाद ग्रहण गर्ने विधिअनुसार राष्ट्रपति भण्डारी असन पुगेकी हुन् । परम्परा अनुसार राष्ट्रपति भण्डारीले पूजा आराधना गरेको काठमाडौं महानगरपालिका २५ का वडाध्यक्ष तथा सेतो मच्छेन्द्रनाथका पुजारी एवं जात्रा व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले बताए ।

तीनधारा पाठशालाअघि एक हप्ताअघिदेखि ३२ हात लामो रथ बनाएर चैते दशैँका दिनदेखि तान्ने गरिन्छ। यो रथलाई नागराजको प्रतीक मानिन्छ ।

प्रत्येक वर्ष यो जात्रा गरेपछि देशभर वर्षा र सह हुने धार्मिक विश्वास छ । रथ दोस्रो दिन असनबाट वसन्तपुरस्थित कालभैरवअघि लगिन्छ ।

तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ । लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाउने गरिन्छ । रथ लगेर बिसाएका स्थानमा करुणामय भगवान् लोकेश्वरको पूजा आराधनाका लागि भक्तजनहरु जम्मा हुने गर्दछन् ।

सेतो मच्छेन्द्रनाथलाई हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले विधिपूर्वक पूजा आराधना गर्छन् । काठमाडौंमा सेतो मच्छेन्द्रनाथको रथयात्रा सकेपछि ललितपुरमा रातो मच्छेन्द्रनाथको रथयात्रा हुने गरेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ६ : ५९ बजे

रवि-बालेन भेटवार्ता रहस्यमै, ‘मेरो अनुहारले के भन्छ ?’ भन्दै सञ्चारकर्मीको प्रश्न टारे लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं । शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा

एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

काठमाडौ । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव भएका 

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई-रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छ : प्रधानमन्त्री कार्की

। प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै